कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेइजिङको वायुमण्डल अत्यधिक प्रदूषित 

शनिबार एक्यूआई ५ सयसम्म पुग्यो
एजेन्सी

बेइजिङ — चीनको राजधानी बेइजिङको वायुमण्डल आइतबार अत्यधिक प्रदूषित भएको छ ।  बेइजिङलगायतका चीनका विभिन्न ठाउँको वायुमण्डलमा आइतबार हानिकारक कणहरु मिसिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

बेइजिङको वायुमण्डल अत्यधिक प्रदूषित 

खडेरीबाट प्रभावित मंगोलिया र उत्तरपश्चिम चीनमा बालुवाको आँधी आएपछि बेइजिङलगायतका ठाउँमा वायुप्रदूषण बढेको हो । बेइजिङको भिजिबिलिटी स्वात्तै घटेको छ । धूलोका कणहरु मिसिएको वायूका कारण पैदलयात्रीहरुले मास्क र चश्मा लगाएर हिँड्नु परेको पनि समाचारमा उल्लेख छ । ‘आज निकै गम्भीर समस्या देखिएको छ, महिनामा एक वा दुई दिन बेइजिङमा यस्तै(प्रदूषण वा धूलो) देखिने गरेको छ,’ ३९ वर्षीय फानले रोयटर्ससँग भनेका छन् ।

आइतबार बिहान बेइजिङको वायुको गुणस्तर सूचकांक(एक्यूआई) ५ सय पुगेको थियो । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले ३ सय भन्दा बढी भएमा घातक हुने बताएको छ ।

एक्यूआईले वायुमा हुने आँखाले देख्न नसकिने पीएम १० र २.५ माइक्रोग्रामभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । बेइजिङका केही ठाउँमा पीएम १० को मात्रा प्रतिघनमिटर २ हजार माइक्रोग्राम पुगेको छ । त्यस्तै पीएम २.५ को मात्रा भने प्रतिघनमिटर ३ सय माइक्रोग्राम पुगेको छ । चीनमा पीएम २.५ को मात्रा ३५ सम्म हुनुलाई सामान्य मानिन्छ ।

पछिल्लो समय नेपालमा पनि डढेलोका कारण वायुमण्डल प्रदूषित भएको छ । शुक्रबार उपत्यकामा एक्यूआई ४७० सम्म रेकर्ड हुन पुगेको थियो ।

प्रकाशित : चैत्र १५, २०७७ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?