२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

म्यानमारमा ६ सय भन्दा बढी प्रदर्शनकारी रिहा

सिन्ह्वा

यांकगुन — सैनिक ‘कू’ को विरोध प्रदर्शनका क्रममा म्यान्मारमा पक्राउ गरिएका ६ सय भन्दा बढी मानिसहरु बुधबार रिहा भएका छन् ।

म्यानमारमा ६ सय भन्दा बढी प्रदर्शनकारी रिहा

इन्सेन जेलका एक वरिष्ठ अधिकारीले एएफपी समाचार समितिलाई आफ्नो नाम नबताउने सर्तमा भने, ‘हामीले आज इन्सेन जेलबाट ३६० जना पुरुष र २६८ जना महिलालाई रिहा गरेका छौं ।’

म्यान्मारमा सैनिक ‘कू’ सुरु भएयता भएका विरोध प्रदर्शनका क्रममा हालसम्म २७५ जनाको मृत्यु भएको छ ।

यद्यपी जुन्ता सरकारका प्रवक्ताले भने १६४ जनाको मृत्यु भएको जनाएको छ । सो प्रदर्शन क्रममा २८ सय भन्दा बढी व्यक्ति पक्राउ परेका पनि समाचारमा जनाइएको छ ।

प्रकाशित : चैत्र ११, २०७७ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?