कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कोरोना संक्रमण बढेपछि पेरिस र फ्रान्सका १६ प्रान्तमा शुक्रबारदेखि फेरि पूर्ण लकडाउन

ददि सापकोटा

पेरिस — शुक्रबारदेखि फ्रान्सको राजधानी पेरिस क्षेत्र र १६ प्रान्तमा चार हप्ताका लागि पूर्ण लकडाउन घोषणा गरिएको छ । फ्रान्समा लकडाउन घोषणा गरिएको यो तेस्रो पटक हो ।

कोरोना संक्रमण बढेपछि पेरिस र फ्रान्सका १६ प्रान्तमा शुक्रबारदेखि फेरि पूर्ण लकडाउन

प्रधानमन्त्री जँ कास्तेक्सले पूरै पेरिस क्षेत्रलगायत १६ फ्रान्सेली प्रान्तहरूमा कोरोना भाइरसको संक्रमण व्यापक फैलिएकाले त्यसलाई रोक्न पूर्ण लकडाउन गर्नुपरेको बिहीबार साँझ बताएका हुन् । कोरोना भाइरसको खासगरी परिवर्तित रुपले गर्दा महामारी फैलिएकाले कम्तीमा चार हप्ता लकडाउन गर्नुपरेको उनले उल्लेख गरेका छन् ।

उनको घोषणा अनुसार लकडाउन अवधिमा अत्यावश्यक बस्तुहरुका पसलहरु खाद्यान्न, औषधि पसल, सूर्तिजन्य र पत्रिका पसल, गाडी सर्भिसिङ सेन्टरहरु र किताब पसलहरुबाहेक अन्य सबै पसलहरु बन्द रहनेछन् । स्कुल र कलेजहरु खुलै हुनेछन् भने विश्वविद्यालयहरु भने बन्द रहनेछन् । रेस्टुरेन्टहरुले भने स्वास्थ्य नियमहरुको कडा पालन गर्दै टेक अवे सुविधा दिन पाउनेछन् ।

लकडाउन गरिएका क्षेत्रबाट लकडाउन नगरिएका क्षेत्रको प्रवेशबीचको आवागमनलाई पूर्णरुपमा निषेध गरिएको छ । पेसागत, उपचार वा अन्य अत्यावस्यक कारणले यात्रा गर्नुपर्नेले कारण खुलेको प्रमाणका साथ यात्रा गर्नुपर्ने छ । लकडाउन गरिएका क्षेत्रमा साँझ सात बजेदेखि कर्फ्यु घोषणा गरिएको छ ।

आउटडोर गतिविधिहरूलाई प्रमाणपत्र प्रस्तुत गर्ने सर्तमा छुट दिईने छ । यस्तो गतिबिधी आफ्नो ठेगानाबाट १० किमी भित्रै सीमित राख्नुपर्ने छ ।

युरोपीयन मेडिसिन एजेन्सीले अनुकूल राय दिएकाले एस्ट्राजेनेकाको खोप शुक्रबारबाट पुनः सुरू हुने पनि प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

यसैबीच युरोपभरी कोरोना भाइरसको तेस्रो लहर चलिरहेका बेला युरोपेली युनियन (ईयु) ले बेलायतमा कोरोना भाइरसको खोप निर्यातमा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । ब्रेक्जिट सम्झौतापछि बेलायत र ईयुबीचको सम्बन्धमा तिक्तता आइरेहेका बेला ईयुले बुधबार यस्तो चेतावनी दिएको हो ।

यसअघि ब्रेक्जिट सम्झौताको उल्लंघन गरेको भन्दै युरोपेली आयोगले बेलायतविरुद्ध दुई मुद्दा युरोपेली अदालतमा दर्ता गरेको थियो ।

आफ्नै नागरिकका लागि खोपको दुर्लभ मात्रा सुरक्षा गर्न भन्दै बेलायत निर्यातमा खोप रोक्का गर्ने चेतावनी दिएको जनाइएको छ । केही युरोपेली मिडियाहरुले बेलायत र युरोपेली युनियनबीच तिक्तका बढेकाले खोप निर्यात रोक्का गर्ने चेतावनी दिएको उल्लेख गरेका छन् ।

प्रकाशित : चैत्र ६, २०७७ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?