ब्राजिलमा कोरोनाबाट मृत्यु हुने २ लाख ८० हजार

एजेन्सी

ब्रासिलिया — ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८० हजार पुगेको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार गत २४ घण्टामा मात्रै भाइरसको संक्रमणका कारण एक हजार जनाभन्दा बढीको ज्यान गएको छ ।

ब्राजिलमा कोरोनाबाट मृत्यु हुने २ लाख ८० हजार

मृत्यु हुनेहरूमा अधिकांश २० देखि ५० वर्ष उमेर समूहका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार ब्राजिलमा मंगलबार साँझसम्म भाइरस संक्रमितको संख्या १ करोड १५ लाख १९ हजार ६ सय नाघिसकेको छ ।

प्रकाशित : चैत्र ३, २०७७ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?