कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोलकातामा रेल कार्यालयमा आगलागी, ९ जनाको मृत्यु

एजेन्सी

कोलकाता — भारतको कोलकातामा एउटा रेल कार्यालयमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । इस्टर्न रेलवेको कोलकातास्थित मुख्यालयमा सोमबार राति भएको आगलागीमा परी ९ जनाको मृत्यु भएको हो । 

कोलकातामा रेल कार्यालयमा आगलागी, ९ जनाको मृत्यु

१४ तले भवनको १३औं तलामा आगलागी भएको भारतीय सञ्चारमाध्यम द हिन्दूले जनाएको छ ।

सोमबार राति चार जना अग्निनियन्त्रकसहित ७ जनाको मृत्यु भएको थियो भने हराइरहेका २ जनाको शव मंगलबार बिहान भेटिएको थियो ।

सोमबार राति नै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी र कोलकाता प्रहरीका आयुक्त सौमेन मित्रा घटनास्थल पुगेका थिए । मुख्यमन्त्री बनर्जीले मृतकका परिवारलाई राहतस्वरुप जनही १० लाख रुपैयाँ दिने घोषणा गरेकी छिन् ।

भारतका केन्द्रीय रेलमन्त्री पियुश गोयलले उच्चस्तरीय छानबिन समिति गठन गर्दै घटनाको छानबिन गर्न निर्देशन दिएका छन् ।

प्रकाशित : फाल्गुन २५, २०७७ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?