कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

भारतमा एकैदिन १८ हजार संक्रमित, १०८ को मृत्यु

एजेन्सी

नयाँदिल्ली — कोरोना भाइरसका कारण भारतमा थप १८ हजार ३ सय २७ जना संक्रमित भएका छन् । योसँगै भारतमा कुल संक्रमितको संख्या १ करोड ११ लाख ९२ हजार ८८ पुगेको अधिकारीहरूले जनाएका छन् । कुल संक्रमितमध्ये १ लाख ८० हजार ३ सय ४ जना संक्रमणकै अवस्था छन् ।

भारतमा एकैदिन १८ हजार संक्रमित, १०८ को मृत्यु

त्यसैगरी पछिल्लो २४ घण्टामा भाइरसका कारण १ सय ८ जनाको मृत्यु भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ । भारतमा कोरोना भाइरसका कारण शनिबार साँझसम्म १ लाख ५७ हजार ६ सय ५६ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

अधिकारीहरूका अनुसार हालसम्म भारतमा २२ करोड ६ लाख ९२ हजार ६ सय ७७ जनामा भाइरस परीक्षण गरिसकिएको छ । पछिल्ला दिनहरूमा दैनिकजसो साढे ७ लाख हाराहारीमा परीक्षण गरिँदै आएको भारतीय मेडिकल रिसर्च काउन्सिलले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा शनिबारसम्म १ करोड ९४ लाख ९७ हजार ७ सय ४ जनालाई कोरोनाविरुद्धको खोप दिइसकिएको छ ।

प्रकाशित : फाल्गुन २२, २०७७ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?