कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

बंगलादेश ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ मा सामेल नहुने

एजेन्सी

ढाका — बंगलादेश संयुक्त राज्य अमेरिकाले अघि सारेको ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ अन्तर्गतका कुनै प्रकारका सुरक्षा सहकार्यमा सामेल हुने विचार नगरेको एक प्रभावशाली मन्त्रीले बताएका छन् ।

बंगलादेश ‘इन्डो प्यासिफिक स्ट्राटेजी’ मा सामेल नहुने

बंगलादेशका विदेशमन्त्री अबुल कलाम अब्दुल मोमेनले सोमबार राजधानी ढाकामा पत्रकारहरूसँग कुरा गर्दै सरकारको पछिल्लो धारणा सार्वजनिक गरेका हुन् । अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसका एक अधिकारीले यसविषयमा आफूलाई हालै सम्पर्क गरेका उनको भनाइ छ ।

सो अवसरमा अमेरिकी अधिकारीले भारत–प्रशान्त क्षेत्रमा कडा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने योजनालाई अघि सारेको मोमेनले बताएका छन् । उनले बंगलादेशको अग्रणी निजी समाचार एजेन्सी यूएनबीसँग सोमबार भने, ‘हामीले भनेका थियौं कि हामी यसको बारेमा सोच्ने पनि छैनौं । हामी सुरक्षित छौं । बरु हामी आर्थिक विकास र पूर्वाधार विकासमा रुचि राख्छौं ।’

बंगलादेशले अब आफ्नै स्रोतलाई परिचालन गरी पूर्वाधार विकासलाई बढी महत्व दिने उनको भनाइ छ । ‘हामी पूर्वाधार विकासमा ध्यान केन्द्रित गर्दैछौं र हाम्रा जनतालाई उत्कृष्ट जीवन प्रणाली विकासका लागि कार्यक्रम दिनेछौं,’ मोमेनले भने ।

प्रकाशित : फाल्गुन १९, २०७७ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?