ट्रम्पले राजनीतिक पार्टी नखोल्ने

एजेन्सी

फ्लोरिडा — अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ राजनीतिक पार्टी गठन नगर्ने बताएका छन् । कन्जरभेटिभ सम्मेलनका क्रममा ट्रम्पले आफूले खोल्ने दलका कारण रिपब्लिकनको मत विभाजित हुने भन्दै दल नखोल्ने प्रस्ट पारेका हुन् ।

ट्रम्पले राजनीतिक पार्टी नखोल्ने

अमेरिकी राष्ट्रपतिमा पराजित भएपछि पहिलोपटक बोल्दै उनले सन् २०२४ को राष्ट्रपतीय चुनावमा पुन: प्रतिस्पर्धा गर्न सक्ने बताएका छन् । त्यस क्रममा उनले आफ्ना उत्तराधिकारी जो बाइडेनको कडा शब्दमा आलोचना गरेका बीबीसीले उल्लेख गरेको छ । ‘हामीसँग रिपब्लिकन दल छ । यो अझै एकीकृत हुँदै छ र झन् बढी बलियो बन्दै छ,’ ट्रम्पले भनेका छन् ।

जो बाइडेनको नीति ‘अमेरिका पहिलो नीतिबाट अमेरिका अन्तिम’ तर्फ गएको उनको दाबी छ । अमेरिकाको फ्लोरिडामा जारी ‘कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्स (सीपीएसी) पुरातनवादी कार्यकर्ता तथा राजनीतिज्ञहरूको ठूलो कार्यक्रम हो । उक्त सम्मेलनले सामान्यत: अमेरिकाको प्रमुख दल रिपब्लिकनलाई नीति निर्माणमा निर्देशित गर्ने ठानिन्छ ।

प्रकाशित : फाल्गुन १८, २०७७ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?