२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

बंगलादेशको प्रदर्शनमा झडप, दर्जनौं घाइते

एजेन्सी

ढाका — बंगलादेशमा आइतबार प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौं घाइते भएका छन् । प्रहरीले प्रदर्शनकारीहरूलाई रबरको गोली, अश्रुग्यास लगायत प्रहार गरेको थियो । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

चर्चित लेखक मुस्ताक अहमदको जेलमै मृत्यु भएपछि बंगलादेशमा अधिकारवादी तथा विपक्षीहरू आन्दोलित भएका छन् । स्थानीय टेलिभिजनहरूले प्रदर्शन र झडपको प्रत्यक्ष प्रसारण गरेका थिए । झडपपछि आन्दोलनकारीहरू थप आक्रोशित भएको र घटनाको धेरैले विरोध गरेको देखाइएको छ । प्रहरीले भने प्रदर्शन निषेधित स्थानमा प्रदर्शन गरिएकाले रोक्न खोज्दा झडप भएको बताएको छ ।

‘उनीहरूलाई त्यहाँ प्रदर्शनका लागि अनुमति थिएन । अनुमति नहुँदानहुँदै पनि प्रदर्शन गरेर नियमको उल्लंघन गरेकाले हामीले उनीहरूलाई रोकेका हौं,’ एक प्रहरी अधिकारीले भने । विपक्षी दल बीएनपीका प्रवक्ता रिज्भी अहमदले आफ्नो दलका मात्रै ३० जना घाइते भएका जनाए । घाइते हुनेमा वरिष्ठ नेताहरू समेत रहेका उनको भनाइ छ ।

प्रदर्शनमा ५ सय जनाभन्दा बढी सहभागी भएका अहमदको दाबी छ । प्रदर्शन ऐतिहासिक भएको दाबी गर्दै प्रवक्ता अहमदले प्रदर्शनकारीमाथिको हस्तक्षेपमा सरकारी पक्ष नै संलग्न भएको आशंका उब्जाएको बताए ।

प्रकाशित : फाल्गुन १७, २०७७ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?