१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

'जोन्सन एन्ड जोन्सन'को खोपलाई पनि अमेरिकी मान्यता

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकाले एकपटक मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएको कोरोना भाइरसविरुद्धको खोपलाई आपत्कालीन प्रयोग अनुमति दिएको छ।

'जोन्सन एन्ड जोन्सन'को खोपलाई पनि अमेरिकी मान्यता

अमेरिकाको औषधि एवं खाद्य पदार्थहरुको नियमन गर्ने निकाय फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले उक्त खोप प्रयोग गर्न अनुमति प्रदान गरेको हो । योसँगै अमेरिकामा कोरोना भाइरसविरुद्धका तीन खोपले स्वीकृति पाएका छन् ।

यसअघि अमेरिकालगायत विश्वमा प्रयोग भइरहेका कोरोना भाइरसविरुद्धका सबै खोप दुईपटक लगाउनुपर्ने हुन्छ भने यो नयाँ खोप एकमात्रा मात्रै लगाए पुग्ने दाबी गरिएको छ ।

जोन्सनले अमेरिका, दक्षिण अफ्रिका र ब्राजिलमा यो खोपको ट्रायल गरेको थियो । जसमा यसले गम्भीर प्रकारको बिरामी हुनबाट ८५ प्रतिशत जोगाउने र सम्पूर्ण रूपमा हेर्दा ६६ प्रतिशत प्रभावकारी रहेको देखिएको थियो ।

सामान्य फ्रिजकै तापक्रममा भण्डारण गर्न सकिने र एक मात्रा मात्रै लगाए पुग्ने भएकाले धेरै देशले यसको अग्रिम माग गरिसकेका छन् । यो खोप बेलायतले ३ करोड, युरोपियन युनियनले २० करोड, क्यानडाले ३ करोड ८० लाख र कोभ्याक्स राष्ट्रहरूले ५० करोड डोज माग गरिसकेको बीबीसीमा उल्लेख छ ।

प्रकाशित : फाल्गुन १६, २०७७ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?