नाइजेरियाका २७ छात्रा अपहरणमुक्त

एजेन्सी

अबुजा — नाइजेरियाको कागराबाट १० दिनअघि अपहरित ४२ जना रिहा भएका छन् । जसमध्ये २७ जना छात्रा छन् ।

एक हतियारधारी समूहले सरकारी विद्यालयमा अध्ययनरत २७ जना छात्रा, १२ जना अभिभावक र केही कर्मचारीलाई अपहरण गरेको थियो । नाइजर प्रान्तका गभर्नर अबु बकर सानी बेलोले रिहाइको पुष्टि गर्दै उक्त कदमको स्वागतसमेत गरेका छन् ।

तर शुक्रबार मात्रै अपहरणमा परेका जाम्फ्रा प्रान्तको जंगेबेस्थित एक विद्यालयका ३ सय १७ जना छात्राको अवस्था अझै अज्ञात छ । अपहरणमा पर्नेमा अधिकांश १२ देखि १६ वर्ष उमेर समूहका किशोरी छन् । उनीहरूको खोजीमा चासो नदिएको भन्दै स्थानीयले नाराबाजी गर्नुका साथै केही सवारीसाधन तोडफोडसमेत गरेका छन् । तर प्रहरीले उनीहरूको खोजी र उद्धार अभियान थालिसकेको जनाएको छ ।


प्रकाशित : फाल्गुन १६, २०७७ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?