२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

म्यान्मारमा सेना समर्थितद्वारा प्रदर्शनकारीमाथि आक्रमण

एजेन्सी

यांगुन — म्यान्मारमा लोकतन्त्र पक्षधरहरूले निकालेको विरोध र्‍यालीमा सेना समर्थितहरूले आक्रमण गरेका छन् । सैनिक ‘कु’ को विरोधमा बिहीबार यांगुनमा निकालिएको विरोध र्‍यालीमा सेना समर्थित व्यक्तिहरूले चक्कु, रड र ढुंगामुढा प्रहार गरेका हुन् ।

म्यान्मारमा सेना समर्थितद्वारा प्रदर्शनकारीमाथि आक्रमण

जसबाट केही व्यक्ति घाइते भएका छन् तर उनीहरुको संख्या र अवस्थाबारे केही खुलाइएको छैन ।

फेब्रुअरी १ मा सेनाले सत्या हत्याएपछि बन्धक बनाइएका नेताकोरिहाइ र जननिर्वाचित सरकार पुनःस्थापनाको माग गर्दै यहाँका सबैजसो सहरमा प्रदर्शन भइरहेको छ । बिहीबार सेना समर्थित समेत प्रदर्शनमा उत्रिएका थिए ।

सोही क्रममा आफ्ना विरोधीमाथि आक्रमण गरिएको बताइएको छ । उता विद्यार्थीले भने आफूहरूको शान्तिपूर्ण विरोध प्रदर्शनलाई हिंसात्मक बनाउने उद्देश्यले झन्डै एक हजार सैनिक समर्थकलाई खटाइएको दाबी गरेका छन् । ‘आजको घटनाले को आतंककारी रहेछ भन्ने प्रमाणित भएको छ,’ लोकतन्त्र पक्षधर अभियन्ता थिन जर सुन ली यीले भनेका छन्, ‘लोकतन्त्र प्राप्तिका लागि जनताले गरेको प्रदर्शनबाट उनीहरू डराएका छन् । तर हाम्रो आन्दोलन रोकिने छैन ।’

यसैबीच, फेसबुकले म्यान्मारका सैनिक अधिकारीहरूलाई आफ्नो प्लेटफर्म प्रयोगमा प्रतिबन्ध लगाएको छ । उनीहरूलाई फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न दिनु हानिकारक देखिएकाले प्रतिबन्ध लगाइएको जनाइएको छ । ‘सेनाले सत्ता हत्याएपछि भइरहेका हिंसाका घटनालाई मध्यनजर गर्दै यस्तो प्रतिबन्धको आवश्यकता महसुस गरिएको हो,’ फेसबुकले भनेको छ ।

प्रकाशित : फाल्गुन १४, २०७७ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?