१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

चीनमा १६ वटा खोपलाई परीक्षण अनुमति

एजेन्सी

बेइजिङ — चीन सरकारले कोरोना भाइरसविरुद्धका १६ वटा खोपलाई परीक्षणको अनुमति दिएको छ ।

चीनमा १६ वटा खोपलाई परीक्षण अनुमति

चीनको नेसनल मेडिकल प्रोडक्स एडमिनिस्ट्रेसनले सो कुराको जानकारी दिएको हो । उक्त निकायले शनिबार दिएको जानकारीअनुसार परीक्षण अनुमति दिइएका खोपमध्ये ६ वटाको परीक्षण अन्तिम चरणमा पुगेको जनाइएको छ ।

तीमध्ये दुइटा कम्पनीले निर्माण गरेका खोपले भने चीनभित्र र बाहिर पनि बजार लिएको बताइएको छ । चाइना नेसनल बायोटेक ग्रुपले निर्माण गरेको सिनोफार्म खोपले अहिले बजार लिएको छ । त्यस्तै गरी सिनोभ्याक बायोटेकले बनाएको कोरोनाभ्याक खोपले पनि बजारमा प्रवेश पाएको छ ।

ती दुई खोपले चीनको सरकारी आधिकारिक निकायबाट गत डिसेम्बर ३० मा र यसै वर्षको फेब्रुअरी ५ मा नै अनुमति पाएका बताइएको थियो । त्यसैगरी चीनको औषधि व्यवस्थापनसम्बन्धी सरकारी निकायले यही फेब्रुअरीको ९ तारिखमा चार करोडभन्दा बढी खोप यहाँका औषधिको प्रचलन गर्ने संस्थाहरूलाई हस्तान्तरण गरेर लगाइएको पनि बताइएको छ ।

प्रकाशित : फाल्गुन १०, २०७७ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?