नाइजेरियामा विमान दुर्घटनामा ७ को मृत्यु

एजेन्सी

अबुजा — नाइजेरियाको राजधानी अबुजामा आइतबार भएको विमान दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक दलका सदस्यसहित ७ सैनिक अधिकारीको मृत्यु भएको नाइजेरियाली सेनाले पुष्टि गरेको छ ।

यसअघि उड्डयनमन्त्री हदी सिरिकाले विमान दुर्घटनामा परेको पुष्टि गरेका थिए । तर उनले पनि विमानमा यात्रारत व्यक्तिको विवरण भने उल्लेख गरेका थिएनन् । ‘सैनिक विमान किङ एयर–३५० अबुजाबाट मिएनाका लागि छुट्दासाथ अबुजा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको हो,’ उनले भनेका छन् ।

सिरिकाले इन्जिनमा समस्या भएका कारण विमान दुर्घटनामा परेको जनाए । दुर्घटनास्थल राजधानी अबुजाबाट १ सय १० किलोमिटर टाढा पर्छ ।

प्रकाशित : फाल्गुन ९, २०७७ २२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?