१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

एलन मस्कलाई उछिन्दै जेफ बेजोस फेरि बने विश्‍वकै धनी व्यक्ति

इकान्तिपुर डेस्क

काठमाडौँ — बहुराष्ट्रिय कम्पनी अमेजनका संस्थापक जेफ बेजोस ६ हप्तापछि विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीको शीर्ष स्थानमा फर्किएका छन् ।

एलन मस्कलाई उछिन्दै जेफ बेजोस फेरि बने विश्‍वकै धनी व्यक्ति

प्रविधि व्यवसायी एलन मस्कको कम्पनी टेस्लाको सेयरमा मंगलबार २.४ प्रतिशत(४.५ बिलियन डलर) ले गिरावट आएपछि जेफ बेजोस धनी व्यक्तिको सूचीको पहिलो स्थानमा फर्किएका हुन् । ब्लूमबर्गको अर्बपतिको सूचीमा जेफ बेजोसले पनि स्छक मार्केटमा केही मात्रामा सम्पत्ति गुमाएका छन् । ब्लूमबर्गका अनुसार बेजोसले ३७२ मिलियन अमेरिकी डलर गुमाएका छन् । बेजोस १९१ बिलियन डलर सम्पत्तिसहित धनी व्यक्तिको सूचीको पहिलो स्थानमा रहँदा मस्क भने १९० बिलियन डलरसहित दोस्रो स्थानमा रहेका छन् ।

गत जनवरीमा मस्कको कम्पनीको सेयर एकाएक आकासिएपछि उनी विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए । यसै वर्ष इलेक्ट्रिक कार निर्माता टेस्लाको बजार मूल्य ह्वात्तै बढेको थियो ।

माइक्रोसफ्टका संस्थापक बिल गेट्स भने १३७ बिलियन अमेरिकी डलरसहित विश्वकै तेस्रो धनी व्यक्तिका रुपमा रहेका छन् । त्यस्तै चौथो नम्बरमा फ्रान्सेली व्यवसायी बर्नाल्ड आर्नल्ट र पाँचौं नम्बरमा फेसबुकमा संस्थापक मार्क जुकरबर्ग रहेका छन् ।

विश्वका सबैभन्दा धनी १० व्यक्तिको सूची यस्तो छ

प्रकाशित : फाल्गुन ८, २०७७ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?