कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

भारतको मध्य प्रदेशमा बस दुर्घटना : कम्तीमा ३५ जनाको मृत्यु

कान्तिपुर संवाददाता

नयाँदिल्ली — भारतको मध्य प्रदेश राज्यको सिधी जिल्लामा मंगलबार बिहान एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

भारतको मध्य प्रदेशमा बस दुर्घटना : कम्तीमा ३५ जनाको मृत्यु

भारतीय सञ्चारमाध्यमहरुका अनुसार सिधीबाट सतना गइरहेको बस मध्य प्रदेशको राजधानी भोपालबाट करिब ५ सय ६० किलोमिटर टाढा रामपुर नैकिनमा बिहान करिब साढे आठ बजे पुलबाट तल वाणसागर परियोजनाको नहरमा खसेको थियो । सडकमा साइड लगाउने क्रममा पुलबाट तल नहरमा खसेको बताइएको छ ।

बसमा ६० जना यात्रु रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मध्य प्रदेश सरकार जनसम्पर्क विभागका अनुसार हालसम्म नहरबाट ३५ जनाको शव निकालिएको छ । नहरमा खसेका सात जना यात्रुहरु भने पौडेर बाँच्न सफल सफल भएका छन् ।

अझै पनि १८ जना हराइरहेको र तिनीहरुको खोजी कार्य रहेको जारी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुर्घटनाको खबरसँगै राज्य सरकारले मंगलबारका लागि निर्धारित सबै महत्वपूर्ण कार्यक्रमहरु रद्द गरेको बताइएको छ ।

प्रकाशित : फाल्गुन ४, २०७७ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?