विश्व

म्यानमारमा प्रदर्शनकारीलाई २० वर्षसम्म जेल हाल्ने सैनिक सरकारको चेतावनी 

म्यानमारको सेनाले आफ्नो विरोध गर्नेलाई २० वर्षसम्मको जेल हुन सक्ने चेतावनी दिएको छ । जननिर्वाचित सरकारलाई ‘कु’ मार्फत अपदस्थ गरी सत्ता हातमा लिएको सेनाले आफ्नो काममा बाधा अड्चन पुऱ्याउनेलाई २० वर्षसम्म जेल सजाय हुन सक्ने चेतावनी दिएको हो ।

भारतीय प्रहरीद्वारा जलवायु अभियन्ता दिशा रवि पक्राउ

भारतीय प्रहरीले बेंगालुरुकी २२ वर्षीया जलवायु अभियन्ता दिशा रविलाई पक्राउ गरेको छ । १७ वर्षीया स्वीडिस जलवायु अभियन्ता ग्रेटा थनवर्गले ट्विट गरेका कागजपत्र सम्पादन र वितरण गरेको आरोपमा दिशालाई पक्रेको हो ।

ट्रम्पविरुद्धको महाअभियोग विफल

अमेरिकी माथिल्लो सदन सिनेटले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग पारित गर्न आवश्यक मत जुटाउन असफल भएको छ । रिपब्लिकन दलका ७ जनासहित बहुमत सिनेटहरू महाअभियोगका पक्षमा रहेका भए पनि प्रस्ताव पारित हुन १० मत अपुग भएको हो । सिनेटमा भएको मतदानमा महाअभियोगका पक्षमा ५७ र विपक्षमा ४३ सिनेटर उभिएका हुन् ।

फाल्गुन २, २०७७

भारतमा सवारी दुर्घटनामा १४ जनाको मृत्यु

भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा भएको सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ महिला र एक बालक छन् ।

नयाँ भाइरस रोक्न झन् कठोर बन्दै बेलायत

बेलायत सरकारले घातक ठानिएको कोरोना भाइरसको नयाँ प्रजाति (भेरियन्ट) भित्रन नदिन थप कडाइ गर्ने भएको छ । त्यसका लागि सरकारले यही सोमबारदेखि अनिवार्य होटल क्वारेन्टाइनको नयाँ नियम लागू गर्ने भएको हो । यात्रासम्बन्धी नयाँ नियम उल्लंघन गरेको पाइए १० हजार पाउन्डसम्म जरिवाना र १० वर्ष जेलसजाय हुन जनाइएको छ ।

फाल्गुन १, २०७७

पटाका कारखानामा आगलागी, १९ जनाको मृत्यु

भारत तमिलनाडुको विरुधुनगर जिल्लास्थित एक पटाका कारखानामा आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको आगलागीमा अन्य केही घाइते भएका स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था पीटीईले लेखेको छ ।

इरानले आणविक कूटनीतिको ‘अवसरलाई हल्का रूपमा’ लियो : युरोपेली शक्तिराष्ट्र

सन् २०१५ मा विश्व शक्ति राष्ट्रहरू र इरानबीच भएको आणविक सम्झौतालाई मानेर विश्व समुदायबीच सहकार्य गर्ने आफ्नो कूटनीतिक ‘अवसरलाई हल्का रूपमा लिनु’ इरानको भूल भएको युरोपेली शक्तिहरूले शुक्रबार बताएका छन् 

माघ ३०, २०७७

भारतको तमिलनाडुमा पटाका कारखानामा आगलागी, कम्तीमा ६ श्रमिकको मृत्यु

भारत तमिलनाडुको विरुधुनगर जिल्लामा एक पटाका कारखानामा आगलागी हुँदा त्यहाँ कार्यरत कम्तीमा ६ श्रमिकको मृत्यु भएको छ । दुर्घटना शुक्रबार दिउँसो एक बजेतिर भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था पीटीईले लेखेको छ ।

अमेरिकी सिनेटमा देखाइयो संसद्‍मा आक्रमण गरेको भिडियो

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोगका सुनुवाइका क्रममा डेमोक्रेटिक सिनेटरहरुले ट्रम्प समर्थहरुले अमेरिकी कंग्रेसमा गरेका आक्रमणसम्बन्धी नयाँ भिडियोहरु देखाएका छन् ।

चीनमा बीबीसी टेलिभिजनको प्रसारणमा प्रतिबन्ध

चीनले बीबीसी वर्ल्ड सर्भिस टेलिभिजनको प्रसारणमा प्रतिबन्ध लगाएको छ ।  ‘झूटो’ र ‘अनुचित’ सामग्री प्रसारण गरेको भन्दै बीबीसी वर्ल्ड न्युजलाई चीनमा प्रसारणमा रोक लगाइएको चिनियाँ राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उत्तराखण्डमा फसेकाको उद्धार जारी

भारतको उत्तराखण्डमा आइतबार गएको हिमपहिरोसँगैको बाढीका कारण विद्युत् आयोजना गृहको सुरुङमा फसेकाहरूको उद्धार प्रयास जारी रहेको छ । अधिकारीहरूले बिहीबार सुरुङमा प्वाल पारेर फसेकाहरूको उद्धार प्रयास भइरहेको जनाएका छन् । 

म्यान्मारका सैनिक अधिकारीमाथि अमेरिकी प्रतिबन्ध

म्यान्मारको ‘कु’ मा संलग्न सैनिक अधिकारीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘कु’ गर्ने सैनिक अधिकारीमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा बिहीबार हस्ताक्षर गरेका हुन् ।