२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

भारतमा सवारी दुर्घटनामा १४ जनाको मृत्यु

एजेन्सी

कुरनुल — भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा भएको सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ महिला र एक बालक छन् ।

भारतमा सवारी दुर्घटनामा १४ जनाको मृत्यु

कुरनुल जिल्लाबाट राजस्थानको अजमेरतर्फ जाने क्रममा ट्रकमा ठोकिएपछि भ्यानमा सवारहरूको ज्यान गएको हो । दुर्घटनामा ४ जना घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् । घाइते सबै बालबालिका हुन् ।

प्रहरीका अनुसार दुर्घटना कुरनुल जिल्लाको मदारपुरम गाउँ नजिकै आइतबार बिहान ४ बजेतिर भएको हो । घाइतेको स्थानीय अस्पातलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा भ्यान चालकले नियन्त्रण गुमाएका कारण दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन २, २०७७ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?