जापानमा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प

कान्तिपुर संवाददाता

काठमाडौँ — जापानमा शनिबार ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ ।

जापानमा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प

स्थानीय समयअनुसार राति ११ बजेर ८ मिनेटमा फुकुसिमा प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कुनै क्षति भएको विवरण उल्लेख गरिएको छैन ।

सुनामीको सम्भावना नभए पनि तटीय क्षेत्रमा रहेकाहरुलाई उच्च स्थानमा जानका लागि पूर्वजानकारी दिइएको छ ।

इपिसेन्टर फुकुसिमा तथा मियागी प्रान्त, कान्तो लगायत क्षेत्रहरुमा समेत ठूलो धक्का महसुस भएको सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

प्रकाशित : फाल्गुन १, २०७७ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?