रहेनन् बलिउड अभिनेता राजिव कपुर

एजेन्सी

काठमाडौं — बलिउड अभिनेता राजिव कपुरको निधन भएको छ । हृदयघातका कारण मंगलबार अस्पताल लगिएका उनको उपचारकै क्रममा निधन भएको हो । उनी ५८ वर्षका थिए ।

रहेनन् बलिउड अभिनेता राजिव कपुर

‘राम तेरी गंगा मैली’ स्टारर राजिव बलिउड अभिनेताहरूऋषि कपुर र रणधीर कपुरका कान्छा भाइ हुन् ।

ऋषिकी पत्नी नीतुले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत राजिवको निधन भएको पुष्टि गरेकी छिन् । उनले राजिवको तस्बिरसहित लेखेकी छिन्, 'हार्दिक ऋद्धाञ्जली ।'

रणधीर अहिले भाइलाई राखिएको मुम्बईस्थित चेम्बर अस्पतालमै छन् । 'मेरो कान्छो भाइलाई गुमाउँदा निकै मर्माहत छु । डाक्टरले उनलाई बचाउन सक्दो प्रयास गरे,' द टाइम्स अफ इन्डियाले उनको भनाइ उद्धृत गरेको छ ।

राजिवले 'एक जान है हम'बाट अभिनयमा डेब्यू गरेका थिए । 'राम तेरी गंगा मैली'मा पनि उनी प्रमुख भूमिकामा थिए । 'आसमान', 'लभर ब्वाइ', 'जबरजस्त', 'हम तो चले पर्देस'लगायत फिल्ममा काम गरेका उनको अन्तिम फिल्म 'जमिनदार' हो ।

'प्रेमग्रन्थ' नामक फिल्मबाट निर्देशनमा पनि हात हालेका उनी दाजु ऋषिले निर्देशन गरेको 'आ अब लौट चले'का निर्मातासमेत थिए । ऋषिको यसअघि नै निधन भइसकेको छ

प्रकाशित : माघ २७, २०७७ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?