कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फिजीमा समुद्री आँधी, एक जनाको मृत्यु, ५ बेपत्ता

एएफपी

सुभा — फिजीमा एक महिनाभित्र दोस्रो पटक आएको समुद्री आँधीमा परी कम्तीमा एक जनाको मृत्यु भएको छ । ‘आना’ आँधीका कारण कम्तीमा ५ जना हराइरहेका अधिकारीहरूले जनाएका छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयले ४९ वर्षीय पुरुषले ज्यान गुमाएका र ५ जना माझीहरू हराइरहेको जनाएको छ । भारी वर्षासहित १ सय ४० किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण फिजीका अधिकांश भूभाग जलमग्न भएका छन् ।

आँधी प्रभावित ७ हजार ६ सय जनाभन्दा बढीलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा उद्धार गरिएको छ । सर्वसाधारणहरूले पूर्वचेतावनीलाई बेवास्ता गरेका कारण क्षति बढी भएको प्रकोप व्यवस्थापन कार्यालयका निर्देशक भासिटी सोकोलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

फिजीमा डिसेम्बरमा आएको शक्तिशाली आँधी ‘यासा’ का कारण ४ जनाको मृत्यु भएको थियो । २३ हजार जनाभन्दा बढी विस्थापित भएका थिए ।

प्रकाशित : माघ १८, २०७७ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?