चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता घुसकाण्डमा पक्राउ

सिन्ह्वा

बेइजिङ — चिनियाँ कम्युनिष्ट पार्टीका एक वरिष्ठ नेता घुसकाण्डमा पक्राउ परेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको हेनान प्रान्तको प्रान्तीय किमिटीका पूर्व उपाध्यक्ष समेत रहेका वाङ योङलाई घुस लिएको आरोपमा पक्राउ गरिएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता घुसकाण्डमा पक्राउ

वाङलाई चिनियाँ सर्वोच्च जनपरिषदले पक्राउ गर्ने निर्णय गरेको थियो । जनपरिषद्का अनुसार राष्ट्रिय निरीक्षण आयोगले गरेको अनुसन्धानबाट वाङ घूसखोरीमा संलग्न रहेको सम्भावना देखिएको जनाउँदै फौजदारी अनुसन्धान गर्न र अन्य आवश्यक कारबाही गर्न सिफारिस गरेको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक परामर्श समितिका सदस्य समेत रहेका वाङलाई पार्टीको नीति र नियम उल्लंघन गरेको आरोपमा पार्टीबाट निष्कासन गरिएको छ ।

पार्टी अनुशासन एवं कानुनको गम्भीर उल्लंघनको आरोपमा उनलाई जिम्मेवारीबाट हटाइएको हो । उक्त मुद्दाको थप कारबाही अघि बढाइएको पनि जनपरिषद्ले बताएको छ ।

प्रकाशित : माघ १५, २०७७ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?