कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आन्दोलनरत किसान र प्रहरीबीच झडप, दिल्लीमा तनाव

नयाँदिल्ली — किसान आन्दोलनले उग्र रुप लिएपछि भारतको राजधानी नयाँदिल्लीका विभिन्न स्थान तनावग्रस्त बनेको छ । मंगलबार बिहान दिल्लीको मुख्य भागतर्फ अगाडि बढेका आन्दोलनरत किसानहरु उग्र बनेपछि आईटीओ, अक्षरधामलगायतका स्थानहरु तनावग्रस्त बनेको हो ।

आन्दोलनरत किसान र प्रहरीबीच झडप, दिल्लीमा तनाव

विशेषगरी आईटीओस्थित दिल्ली प्रहरीको मुख्यालयको सामुन्ने नै आन्दोलनरत किसान र प्रहरीबीच झडप भएको छ । ट्रयाक्टरसहित पुगेका किसानहरुले बसलगायत सार्वजनिक सम्पत्ति तोड्ने र प्रहरीमाथि समेत आक्रमण गरेपछि परिस्थिति उग्र बन्न पुगेको हो । किसानहरुलाई रोक्न प्रहरीले दर्जनौं अश्रुग्यास प्रहार गर्नुका साथै लाठी चार्जसमेत गरेको छ । तर, किसानहरुको संख्या धेरै भएका कारण प्रहरीलाई स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे गरेको छ ।

गणतन्त्र दिवसको अवसरमा राजधानी नयाँदिल्लीको इन्डिया गेटमा विभिन्न झाँकी र सेनाको परे सहितको भव्य कार्यक्रम चलिरहेकै बेला त्यहाँबाट केही किलोमिटरको दूरीमा किसानहरुले सरकारको विरोधमा ऱ्याली निकालेका हुन् । जबकि आन्दोलनरत किसान र प्रहरीबीच इन्डिया गेटको कार्यक्रम सकिएपछि १२ बजेपछि मात्र ऱ्याली निकाल्ने सहमति बनेको थियो । तर, त्यसविपरीत किसानहरुले मंगलबार बिहानैदेखि ऱ्याली निकालेका छन् ।

तस्बिर : रोयटर्स

मोदी सरकारले ल्याएको कृषिसम्बन्धी तीनवटा कानुनको विरोधमा विगत पाँच महिनादेखि भारत किसानहरु आन्दोलनरत छन् । विशेषगरी पन्जाब, हरियाणा, उत्तर प्रदेश, कर्नाटक, महाराष्ट्र र पश्चिमबंगाललगायतका राज्यमा ती कानुनको चर्को विरोध हुँदै आएको छ ।

दिल्लीमा एकातिर गणतन्त्र दिवसको परेड, अर्कोतिर किसानको विरोध

सरकारसँगको पटक–पटकको वार्ता असफल भएपछि किसानहरुले मगंलबार अर्थात् २६ जनवरीकै दिन धर्नामा रहेका दिल्लीमा ट्याक्टर ऱ्याली गर्ने यसअघि नै घोषणा गरेका थिए । त्यसका लागि किसानहरुले हजारौंको संख्यामा ट्याक्टर तयारीमा अवस्थामा राखिएको थियो ।

दिल्ली प्रहरीले सुरक्षाको कारण देखाएर उनीहरुलाई इन्डिया गेटको विशेष कार्यक्रम सकिएपछि मात्र उक्त ऱ्याली गर्ने अनुमति दिएको थियो ।

प्रकाशित : माघ १३, २०७७ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?