कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

उत्तर कोरियाली कूटनीतिज्ञ भागेर दक्षिण पुगे

एजेन्सी

सोल — उत्तर कोरियाका एक वरिष्ठ कूटनीतिज्ञ भागेर शरण लिन दक्षिण कोरिया पुगेका सञ्चारमाध्यमहरूले जनाएका छन् ।  कुवेतका लागि उत्तर कोरियाली कार्यवाहक राजदूत र्‍यु ह्युन–वू सन् २०१९ को सेप्टेम्बरमा परिवारसहित भागरे दक्षिण कोरिया पुगेका मेइल दैनिकले जनाएको छ ।

उत्तर कोरियाली कूटनीतिज्ञ भागेर दक्षिण पुगे

उक्त अखबारमा प्रकाशित समाचारअनुसार सन्तानको भविष्य उज्वल बनाउन चाहेका कारण र्‍युले आफू भागेको बताएका हुन् ।

दक्षिण कोरियाली अधिकारीहरूले भने र्‍यु आफ्नो देशमा आएको पुष्टि गर्न अस्वीकार गरेका छन् । दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले र्‍यु सन् २०१९ को सेप्टेम्बरमा शरण खोज्दै दक्षिण कोरिया पुगेका जनाएका छन् । तर उनले शरण मागेको कुरा अहिलेसम्म गोप्य राखिएको थियो । उनी सन् २०१७ देखि कुवेतका लागि उत्तर कोरियाको कार्यवाहक राजदूत थिए ।

र्‍युका ससुराले पहिला उत्तर कोरियाको गोप्य कोषको नेतृत्व गरेका बताइएको छ । उत्तर कोरियाबाट प्रत्येक वर्ष करिब एक हजार जना भागेर दक्षिण पुग्छन् । तर वरिष्ठ कूटनीतिक अधिकारीहरू भाग्ने घटना भने निकै कम छन् । कडा सुरक्षा हुने सीमा क्षेत्रबाट दक्षिण कोरिया छिर्न वा चीनसँगको सीमा पार गर्न निकै ठूलो जोखिम रहेको छ ।

सन् २०१८ मा इटालीमा खटाइएका एक कूटनीतिज्ञ बेपत्ता भएका थिए । सन् २०१९ मा भागेका जो सोङ–गिलबारे एक वर्षपछि मात्रै सूचना सार्वजनिक भएको थियो । त्यस्तै यूकेका लागि उत्तर कोरियाका राजदूत थाए योङ–हो पनि सन् २०१६ मा परिवारसहित भागेका थिए । उनी अप्रिलमा भएको दक्षिण कोरियाको संसदीय चुनावमा विजयी भएका थिए ।

प्रकाशित : माघ १३, २०७७ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?