‘कोरोनाको नयाँ प्रजाति झन् खतरनाक’- विश्व - कान्तिपुर समाचार

‘कोरोनाको नयाँ प्रजाति झन् खतरनाक’

एजेन्सी

लन्डन — बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना भाइरसको नयाँ प्रजातिको संक्रमण पहिलेको भन्दा निकै खतरनाक भएको बताएका छन् । 

बेलायतमा संक्रमितको संख्या दिनदिनै तीव्र रूपमा बढ्दै गएको बताइरहेका बेला जोन्सनको भनाइ सार्वजनिक भएको हो ।

प्रकाशित : माघ ११, २०७७ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्

बेन्जेमाका दुई गोलमा रियल विजयी

कान्तिपुर संवाददाता

म्याड्रिड — करिम बेन्जेमाले दुई गोल गर्दा रियल म्याड्रिडले स्पेनी ला लिगामा शनिबार एलाभेसलाई ४–१ ले हराएको छ । स्पेनी कपबाट बाहिरिएपछि रियलले यो जित निकालेको हो ।

यो जितपछि रियल दोस्रो स्थानमा पुगेको छ । यो शीर्ष स्थानमा रहेको एट्लेटिको म्याड्रिडसँग चार अंकको दूरी हो । एटलेटिकोले दुई खेल कम खेलेको छ । कोरोना भाइरस संक्रमण भएपछि रियल प्रशिक्षक जिनेदिन जिदान मैदानमा देखिएनन् ।

शनिबारका अन्य खेलमा सेभियाले काडिजलाई ३–० ले हराई तेस्रो स्थानमा उक्लिन सफल रह्यो । पाँचौं स्थानको भिल्लारियलले भने हुएस्कासँग गोलरहित बराबरी खेल्यो । यस्तै रियल सोसिडाड र रियल बेटिसले पनि २–२ को बराबरी खेले ।

प्रकाशित : माघ ११, २०७७ ०७:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×