कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

श्रीलंकामा खुल्यो अन्तर्राष्ट्रिय आगमन

एजेन्सी

कोलम्बो — श्रीलंकाले बिहीबारदेखि सबै देशका पर्यटक र अन्तर्राष्ट्रिय आगमनका लागि आफ्नो सीमा पूर्णरूपमा खोलेको छ ।

श्रीलंकामा खुल्यो अन्तर्राष्ट्रिय आगमन

अन्तर्राष्ट्रिय पर्यटक तथा सीमा खुला गर्ने निर्णयसँगै विदेशमा विभिन्न काम तथा रोजगारीका सिलसिलामा गएका ५० नागरिक बिहीबार बिहानै ओमान एयरको उडानमार्फत बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

सरकारको निर्णयबारे राजधानी कोलम्बोमा बोल्दै पर्यटनमन्त्री प्रसन्न रनतुंगेले महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्न पर्यटकीय गतिविधि सञ्चालन तथा वैदेशिक आवागमन खुला गरिएको बताए । महामारीबाट सुरक्षित रहन सरकारले विभिन्न सुरक्षा मापदण्ड र प्रक्रिया अवलम्बन गर्ने उनको भनाइ छ ।

प्रकाशित : माघ ९, २०७७ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?