१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

तीन महिनापछि सार्वजनिक कार्यक्रममा देखिए चिनियाँ अर्बपति ज्याक मा

काठमाडौँ — चिनियाँ अर्बपति ज्याक मा करिब तीन महिनापछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । चिनियाँ सञ्‍चारमाध्यमका माले बुधबार १०० जना ग्रामीण शिक्षकहरुलाई सम्बोधन गरेको उल्लेख गरेका छन् ।

तीन महिनापछि सार्वजनिक कार्यक्रममा देखिए चिनियाँ अर्बपति ज्याक मा

चेचियाङ प्रान्तको तियान्मु न्युजलाई उद्धृत गर्दै चिनियाँ सञ्‍चारमाध्यमले गत अक्टोबर २४ पछि मा पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएको बताएका छन् । शिक्षकहरूलाई सम्बोधनका क्रममा माले चिनियाँ व्यवसायीहरूले ग्रामीण उत्थान र साझा समृद्धिको पक्षमा काम गर्नुपर्ने बताएका छन् ।

'कोभिड-१९ महामारीपछि हामी फेरि भेट्नेछौं,' माको भनाइ उद्धृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ ।।' उक्त कार्यक्रम ज्याक मा फाउन्डेसनले सन् २०१५ बाट सुरु गरेको वार्षिक कार्यक्रमकै निरन्तरता हो । यसअघि उक्त कार्यक्रम हैनान प्रान्तको सान्यामा हुँदै आएको थियो । कोरोना महामारीका कारण यस पटक भने उक्त कार्यक्रम अनलाइन माध्यमबाट आयोजना गरिएको जनाइएको छ ।

केही महिनादेखि सार्वजनिक रुपमा नदेखिएका कारण ज्याक मा हराएको आशंका गरिएको थियो ।

अलिबाबाका संस्थापकसमेत रहेका मा करिब २ महिनादेखि सार्वजनिक रुपमा देखा परेका थिएनन् । केही हप्ताअघि सम्पन्न ट्यालेन्ट सो ‘अफ्रिका बिजनेस हिरोज’ मा सहभागी हुने कार्यक्रम तय भए पनि ज्याक मा उपस्थित भएनन् । १५ लाख अमेरिकी डलर पुरस्कार रहेको उक्त सोको निर्णायकमा मा पनि रहने बताइएको थियो । पछि उक्त सोको वेबसाइटबाट उनको नाम र तस्बिर हटाइएको थियो ।

अलिबाबाका प्रवक्ताले त्यतिबेला माले व्यस्त तालिकाका कारण निणार्यकमा सहभागिता जनाउन नसकेको बताएका थिए । गत अक्टोबर २४ मा सांघाईमा दिएको एउटा ‘विवादित’ अभिव्यक्तिपछि माको व्यावसायिक एन्ट ग्रुप चिनियाँ नियमनकारी निकायको निगरानीमा रहेको बताइएको छ । उनले भनेका थिए, ‘अहिलेको अर्थ व्यवस्था औद्योगिक युगको लिगेसी हो । हामीले नयाँ पुस्ता र युवाहरुका लागि नयाँ व्यवस्था खडा गर्नुपर्छ । हामीले वर्तमान प्रणालीमा सुधार ल्याउनुपर्छ ।’

गत डिसेम्बरमा चिनियाँ अधिकारीहरुले एन्ट ग्रुपमाथि एकाधिकारविरुद्धको अनुसन्धान गर्दै कम्पनीलाई पुन:संरचना गर्न निर्देशन दिएको थियो । माले कोरोना महामारीका बीच युरोप, अमेरिका र विश्व स्वास्थ्य (डब्लूएचओ) लाई मास्कलगायतका विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका थिए ।

सामाजिक सञ्जालमा अपडेट भइरहने माले अक्टोबर १० यता ट्वीट पनि गरेका छैनन् ।

सम्बन्धित समाचार

दुई महिनादेखि कहाँ हराए चिनियाँ अर्बपति ज्याक मा ?

प्रकाशित : माघ ७, २०७७ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?