‘नाभाल्नी तत्काल रिहा हुँदैनन्’

एजेन्सी

मस्को — रुसले विपक्षी नेता नाभाल्नीको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायले गरेको आग्रह अस्वीकार गरेको छ । मस्कोले नाभाल्नीले विशाल विरोधका लागि गरेको आह्वान राष्ट्रको हितमा नभएको भन्दै उनलाई तत्काल रिहा गर्न नसकिने बताएको हो ।

‘नाभाल्नी तत्काल रिहा हुँदैनन्’

रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले मस्कोमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘हामीले आन्दोलनका लागि विपक्षी नेताले गरेका आह्वानहरूलाई सुनेका छौं । यसलाई बेवास्ता गर्न सक्दैनौं ।’

करिब ५ महिना लामो उपचारपछि नाभाल्नी जर्मनीबाट आइतबार रुस फर्केका थिए । त्यसक्रममा उनलाई विमानस्थलबाट पक्राउ गरिएको थियो । उनको पक्राउपछि क्रेमलिनले दिएको यो पहिलो प्रतिक्रिया हो ।

पुटिनका आलोचक विपक्षी नेता नाभाल्नीलाई मस्को पुगेलगत्तै हिरासतमा लिइयो

‘नाभाल्नीले आफूलाई स्वदेश फर्केको एक घण्टाभित्र पक्राउ गरिएको र अनुसन्धानका लागि ३० दिन प्रहरी नियन्त्रणमा राखिने जानकारी पाएपछि ‘गैरकानुनी रूपमा’ आन्दोलनका लागि आह्वान गरेकाले क्रेमलिनलाई धक्का पुगेको छ,’ पेस्कोभले भने ।

क्रेमलिनले नाभाल्नी स्वदेश फर्किएपछि पक्राउ पर्ने चेतावनीका बाबजुद उनी स्वदेश फर्केका थिए । क्रेमलिनका कट्टर आलोचक नाभाल्नीले आफू निर्दोष रहेको र देशका लागि काम गरिरहेको दाबी गर्दै आफूलाई पक्राउ गर्ने भनी आएका समाचारबाट आफू स्वदेश फिर्ता हुन नडराएको बताउँदै आएका थिए ।

गत अगस्टमा रुसकै ओम्स्कबाट मस्को जाने विमानमा रहेका समय विमानमा नै अकस्मात् बिरामी परेका नाभाल्नीलाई आकस्मिक अवतरण गराई स्थानीय एक अस्पतालमा उपचार गरिएको थियो । त्यसपछि जर्मनीको अनुरोधमा उनलाई थप उपचारका लागि जर्मनी लगिएको थियो । जर्मनीका चिकित्सकहरूका अनुसार नाभाल्नीलाई विष दिइएको हो ।

फ्रान्स र स्विडेनका प्रयोगशालामा गरिएको परीक्षणमा नाभाल्नीलाई बेहोस बनाउने सोभियतकालीन रसायन ‘नोभिचोक’ खानामा मिसाएर खुवाइएको हुन सक्ने देखिएको थियो ।

प्रकाशित : माघ ७, २०७७ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?