सामसङका उपाध्यक्षलाई दुई वर्षको जेल सजाय

गोकुल थोकर

दक्षिण कोरिया — सामसङका मुख्य लगानीकर्ता तथा उपाध्यक्ष ई छोङ योङलाई साढे दुई वर्षको जेल सजाए भएको छ । सोमबार यहाँको उच्च अदालतले आफ्नो कम्पनीलाई फाइदा पुर्‍याउन घूस दिएको आरोपमा उनलाई जेल सजाए दिएको हो । 

सामसङका उपाध्यक्षलाई दुई वर्षको जेल सजाय

गत वर्ष अक्टोबरमा उनको बुबा सामसङ कम्पनीका अध्यक्ष ई कोन हुईको निधन भएपछि उनी नै अध्यक्ष बन्ने निश्चित जस्तै थियो । सन् २०१४ मा हुई विरामी भएपछि नै कम्पनीलाई योङले नै नेतृत्व गर्दै आएका छन् ।

उनलाई सन् २०१७ को फेबु्रअरीमा पार्क ग्युन हे राष्ट्रपति हुँदा सामसङलाई फाइदा पुर्‍याउन ३० अर्ब वन भन्दा बढि घूस दिएको आरोपमा पक्राउ गरिएको थियो । उनलाई जिल्ला अदालतले पाँच वर्ष जेल साजाए सुनाएको भए पनि सन् २०१८ मा उच्च अदालतले सजाए काम गर्दै जेलमुक्त गरेको थियो ।

सामसङ कम्पनीमा कोरिया भरि मात्रै ३ लाख भन्दा बढी मानिसहरु प्रत्यक्ष रुपमा काम गर्छन् । कम्पनीले कोरियाली अर्थतन्त्रको २० प्रतिशत कर्पोरेट कर तिर्ने कोरियाली अंग्रजी दैनिक कोरिया हेराल्डले लेखेको छ । संसारभरि नै सञ्चार क्षेत्रमा राम्रो पकट बनाउँदै गएको कम्पनीको मुख्य नेतृत्वकर्तालाई जेल सजाए भएपछि कसरी कम्पनीको व्यवस्थापन हुन्छ भन्ने मुख्य चासोको रुपमा हेरिएको छ ।

कोरियाली चेम्बर अफ कमर्स तथा इन्डस्ट्री (केसीसीआई) र कोरियाली औद्योगिक संघ (एफकेआई) लगायत अन्य व्यापारिक संघसंस्थाले सामसङ जस्तो विश्व भरि नै प्रभुत्व जमाएको कम्पनीको मुख्य व्यक्तिलाई जेल पठाउँदा कोरियाली अर्थतन्त्रलाई नै घाटा हुने जनाएका छन् ।

एफकेआईले एक विज्ञप्ती प्रकाशित गर्दै भनेको छ, ‘ईलाई जेल पठाउँदा सामसङलाई नेतृत्व दिने मानिसको अभावमा विश्वभर रहेको सामसङ कम्पनीलाई असर पर्नेछ साथै प्रत्यक्ष रुपमा कोरियाली अर्थतन्त्रलाई पनि ।’ यहाँको व्यवसायिक संगठनहरुले उच्च उदालतमा ईको रिहाइको माग गर्दै सोमबारै निवेदन पनि दर्ता गरेका छन् ।

ईले भने आफूले कुनै गल्ति नगरेको बताएका छन् । उनले गलत बुझाइका कारण यस्तो समस्या आएको बताउँदै आएका छन् । सोमबार उनले अदालतमा भने आफ्नो कुनै विशेष भनाइ नरहेको बताएका थिए ।

प्रकाशित : माघ ५, २०७७ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?