कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पुटिनका आलोचक विपक्षी नेता नाभाल्नीलाई मस्को पुगेलगत्तै हिरासतमा लिइयो

एजेन्सी

मस्को — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक तथा विपक्षी दलका नेता एलेक्सी नाभाल्नीलाई हिरासतमा लिइएको छ । जर्मनीमा लामो समयको उपचारपछि आइतबार स्वदेश फर्किएका नाभाल्नीलाई विमानस्थलबाटै हिरासतमा लिइएको हो ।

पुटिनका आलोचक विपक्षी नेता नाभाल्नीलाई मस्को पुगेलगत्तै हिरासतमा लिइयो

४४ वर्षीय नाभाल्नीलाई शेरेमेत्येवो विमानस्थलबाट हिरासतमा लिइएको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन् ।

नाभाल्नी आउने थाहा पाएपछि मस्को विमानस्थलमा उनको स्वागतका लागि हजारौं समर्थक भेला भएको थिए । तर विमानस्थलमा भीड भएको भन्दै नाभाल्नीको विमानलाई डाइभर्ट गरी शेरेमेत्येवो विमानस्थलमा अवतरण गराइएको थियो । हिरासतमा लिइनुभन्दा केही मिनेटअघि नाभाल्नीले सञ्‍चारमाध्यम र आफ्ना समर्थकसँग भने, 'मलाई थाहा छ कि म सही छु । मलाई कुनै कुराको डर छैन । ममाथि लगाइएका सबै आपराधिक मुद्दा झूटा हुन् ।'

पछिल्लो समय रुसी अधिकारीहरुले नाभाल्नीविरुद्ध भ्रष्टाचारको मुद्दामा अनुसन्धान भइरहेको र उनी छिट्टै जेल जान सक्ने चेतावनी दिइरहेका थिए। नाभाल्नीले ५० लाख अमेरिकी डलर भ्रष्टाचार गरेको आरोप लगाइएको छ । तर नाभाल्नीले भने ती सबै आरोप आधारहीन भएको र उनलाई फसाउन हल्ला फैलाइएको बताउँदै आएका थिए । रुसी अधिकारीले नाभाल्नीलाई डिसेम्बरमै हाजिर हुन निर्देशन दिएका थिए ।

शेरेमेत्येवो विमानस्थलमा पत्रकारहरूसँग कुराकानीका क्रममा एलेक्सी नाभाल्नी तस्बिर : रोयटर्स

गत सेप्टेम्बर १५ मा गम्भीर अवस्थामा रहेका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई उपचारका लागि साइबेरियाबाट जर्मनी पुर्‍याइएको थियो । अचेत अवस्थामा रहेका उनले पिएको चियामा विष घोलिएको उनका समर्थकहरूको आशंका व्यक्त गरेका थिए ।

उनको स्वास्थ्य अवस्था गम्भीर रहेको समाचार सार्वजनिक भएसँगै जर्मन चान्सलर एंगेला मर्कलले नाभाल्नीलाई आवश्यक पर्ने हरेक सहयोग गर्न जर्मनी तयार रहेको बताएकी थिइन् । नाभाल्नी अहिले पनि जर्मनीको बर्लिनस्थित अस्पतालमा उपचाररत छन् । ओम्स्कमा नाभाल्नीको उपचारमा संलग्न चिकित्सकहरूले अन्यत्र लैजानका लागि अनुमति दिएका थिएनन् । तर पछि नाभाल्नीको अवस्था स्थिर रहेको बताएसँगै उनकी पत्नी युलियासहितको टोलीले उनलाई जर्मनीको बर्लिन पुर्यानएको हो । पछिल्लो समय उनको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ ।

४४ वर्षीय नाभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक हुन् । सरकारी भ्रष्टाचारको भन्डाफोर गर्दै आएका नाभाल्नी कैयौं पटक जेल परिसकेका छन् । गत जुनमा संविधान सुधारका लागि रुसमा भएको चुनावलाई उनले ‘कु’ को संज्ञा दिएका थिए । उक्त चुनावले पुटिनलाई थप दुई राष्ट्रपति बन्ने बाटो खोलिदिएको थियो ।

प्रकाशित : माघ ५, २०७७ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?