मर्केलको ‘उत्तराधिकारी’ चयन

एजेन्सी

बर्लिन — जर्मन चान्सलर एन्जेला मर्केलको नेतृत्वमा रहेको गठबन्धन (सीडीयू) ले नयाँ नेतृत्वमा अर्मिन लास्चेतलाई चयन गरेको छ ।

मर्केलको ‘उत्तराधिकारी’ चयन

लास्चेतलाई मर्केलको निकट सहयोगी र बहुसांस्कृतिकताको रक्षकका रूपमा हेर्ने गरिएको छ । लास्चेतले चान्सलर एन्जेला मर्केलको राजनीतिक मार्गलाई जारी राख्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

कर्पोरेट वकिल फ्रेडरिक मर्ज र विदेशमामिला विज्ञ नोर्बर्ट रोत्जेनलाई पराजित गर्दै ५९ वर्षीय लास्चेत शनिबार सीडीयू प्रमुखमा चयन भएका हुन् । सीडीयू अध्यक्षले परम्परागत रूपमा पार्टी र यसको भगिनी बभेरियाली सीएसयू पार्टीलाई निर्वाचनमा अघि सार्छ ।

यसको अर्थ लास्चेतले जर्मन चान्सलरमा प्रतिस्पर्धा गर्ने सम्भावना बढेको छ ।

व्यवहारवादी, प्रतिष्ठित तथा मृदुभाषी उदारतावादी लास्चेत हाल जर्मनीको सबैभन्दा बढी जनसंख्या भएको नर्थ राइन–वेस्टफालियाका नेता हुन् । उनलाई मर्केलका एक बफादार अनुयायीका रूपमा मानिन्छ । सन् २०१५ मा जर्मनीले सिरियालगायत अन्य मुलुकबाट आएका सयौं हजार आप्रवासीका लागि सीमा खुला गर्दा उनले मर्केललाई साथ दिएका थिए ।

प्रकाशित : माघ ४, २०७७ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?