कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

इन्डोनेसियामा शक्तिशाली भूकम्प : कम्तीमा ४२ जनाको मृत्यु

एएफपी

जाकार्ता — इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली  भूकम्प गएको छ ।  भूकम्पमा परी कम्तीमा ४२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन् ।

इन्डोनेसियामा शक्तिशाली भूकम्प : कम्तीमा ४२ जनाको मृत्यु

भूकम्पमा परेर एक अस्पतालसहित कैयौँ भवन भत्किनुको साथै र क्षतिग्रस्त भएको बताइएको छ ।

बिहान सबेरै आएको यस भूकम्पमा परी सुलावेसी द्वीपका ६ सयभन्दा बढी घाइते भएका जनाइएको छ । साथै १५ हजारभन्दा बढी विस्थापित भएको इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन बोर्डले जनाएको छ । यस द्वीपमा साढे दुई वर्षअघि आएको भूकम्प र सुनामीमा परी हजारौँ व्यक्तिको मृत्यु भएको थियो ।

सुलावेसी द्वीपको मामुजु सहरमा मात्र यस भूकम्पका कारण ३४ जनाको मृत्यु भएको छ । त्यसैगरी मामुजु सहरबाट निकै टाढा रहेको दक्षिणी क्षेत्र माजेनेमा भूकम्पको कारण ८ जनाको मृत्यु भएको छ । भवनको भग्नावशेषमा अझै पनि व्यक्तिहरु पुरिएको अनुमान गरिएको छ ।

भूकम्पले भत्काएको सुलावेसी प्रान्तका गभर्नरको कार्यालय तस्बिर : रोयटर्स

उद्धारकर्ताहरुले मामुजु अस्पतालको भग्नावशेषमा उद्धारकार्य जारी राखेका बताइएको छ । यस अस्पतालको भग्नावशेषमा बिरामी र अपस्पतालका कर्मचारी गरी दसजनाभन्दा बढी जना पुरिएका अनुमान गरिएको छ ।

भूकम्पका कारण भएको धनजनको क्षतिलगायतका विस्तृत विवरण भने प्राप्त भएको छैन । अहिले प्रभावित क्षत्रेमा उद्धारकर्मी पुगेका छन् । सन् २०१८ मा इन्डोनेसियाको सुलावेसी र पालुमा आएको ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी ४ हजार ३ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

सन् २००४ को डिसेम्बर २६ मा गएको ९.१ म्याग्निच्युडको भूकम्प र त्यसपछि आएको शक्तिशाली सुनामीमा परी २ लाख २० व्यक्तिको मृत्यु भएको थियो । त्यसमा एक लाख ७० हजार इन्डोनेसियाली नागरिक रहेका थिए ।

प्रकाशित : माघ ३, २०७७ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?