१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चीनमा ८ महिनापछि कोरोनाले मृत्यु

काठमाडौँ — चीनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । चीनमा ८ महिनायता कोरोनाबाट कसैको मृत्यु भएको यो पहिलो पटक हो ।

चीनमा ८ महिनापछि कोरोनाले मृत्यु

पछिल्लो मृत्यु हेबेई प्रान्तमा भएको बताइए पनि यसको पूर्ण जानकारी भने नखुलाइएको समाचार संस्था एएफपीले जनाएको छ ।

पछिल्लो पटक संक्रमण देखिन थालेपछि हेबेईका केही सहरमा पूर्ण लकडाउन गरिएको छ भने ती सहरका सबै नागरिको परीक्षण भइरहेको छ । गत हप्ता चीनले हेबई प्रान्तको राजधानी सिजियाचुवाङमा लकडाउन गर्दै करिब १ करोड ३ लाख नागरिकको परीक्षण सुरु गरेको थियो ।

त्यस्तै गत शुक्रबारदेखि ७० लाख जनसंख्या रहेको चिङ्ताई सहर र ५० लाख जनसंख्या रहेको लाङफाङ सहरमा पनि लकडाउन गरिएको छ । सिजियाचुवाङलाई पछिल्लो लहरको इपिसेन्टर मानिएको छ ।

बुधबार मात्रै संक्रमण फैलिने खतरा रहेको बताउँदै हेइलोङजियाङ प्रान्तले आपत्कालीन अवस्था घोषणा गरेको छ । करिब ३ करोड ७० लाख जनसंख्या रहेको उक्त प्रान्तका नागरिकलाई अत्यावश्यक कामबाहेक प्रान्त नछोड्न निर्देशन दिइएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार बिहीबार थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो गत वर्षको मार्च महिनायताकै धेरै संख्या हो ।

डब्लूएचओको टिम पुग्दै

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनको विज्ञहरुको टोली बिहीबार चीन पुग्दैछ । सन् २०१९ को डिसेम्बरमा हुबेई प्रान्तको राजधानी वुहानमा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

पिटर बेन इम्बारेक नेतृत्वमा रहेको १० जनाको टोली बिहीबार वुहान पुग्नेछ ।

प्रकाशित : माघ १, २०७७ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?