कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

‘जापानी राहदानी सबैभन्दा बलियो’

‘हेन्ली पासपोर्ट इन्डेक्स’ ले गरेको अध्ययनले नेपाली राहदानी १०४ औं स्थानमा रहेको देखाएको छ । जुन उत्तर कोरियाको भन्दा पनि कमजोर हो ।
नवीन पोखरेल

लन्डन — संसारभरिका पासपोर्ट (राहदानी) हरूको एक सर्वेक्षणले जापानको राहदानी सबैभन्दा बलियो देखाएको छ । ‘हेन्ली पासपोर्ट इन्डेक्स’ नामक अध्ययनमा नेपालको राहदानी निकै कमजोर पाइएको छ ।

अध्ययनले नेपाली राहदानीलाई उत्तर कोरियाभन्दा पनि तल अर्थात् १०४ औं स्थानमा राखेको हो । उत्तर कोरिया नेपालभन्दा एक स्थान अगाडि (१०३ औं) स्थानमा छ ।

संसारका कति मुलुकहरूले भिसा नलगाएरै ती मुलुकमा प्रवेश गर्न दिन्छन् भन्ने आधारमा उक्त सूची तयार गरिन्छ । जसअनुसार जापान एक नम्बरमा छ । त्यस्तै सिंगापुर दोस्रो र दक्षिण कोरिया तथा जर्मनी तेस्रो स्थानमा छन् ।

जापानी नागरिकहरूले पहिले नै भिसा नलगाई संसारका १ सय ९१ मुलुकहरूको भ्रमण गर्न पाउँछन् भने नेपालीले मात्र ३८ मुलुकको भ्रमण गर्न मिल्छ । दोस्रो शक्तिशाली सिंगापुरको राहदानीले १ सय ९० देश र तेस्रो स्थानमा रहेका दक्षिण कोरिया तथा जर्मनीको राहदानीले १ सय ८९ देश घुम्न सकिन्छ ।

इटाली, फिनल्यान्ड, स्पेन र लक्जेमवर्ग १ सय ८८ देशसहित चौथो र डेनमार्क तथा अस्ट्रिया राहदानी १ सय ८७ देशसहित पाँचौं शक्तिशाली पाइएको छ ।

स्विडेन, फ्रान्स, पोर्चुगल, नेदरल्यान्ड्स र आयरल्यान्ड (१ सय ८६) छैटौं तथा १ सय ८५ देशसँगै स्विट्जरल्यान्ड, संयुक्त राज्य अमेरिका, बेलायत, नर्वे, बेल्जियम र न्युजिल्यान्ड ७ औंमा छन् ।

दक्षिण एसियाली मुलुकहरूमध्ये भारत ८५ औं स्थानमा, भुटान ९० औं र बंगलादेश १ सय १ औं स्थानमा रहेका छन् । सर्वेक्षण गरिएका १ सय १० मुलुकमध्ये अफगानिस्तान सबैभन्दा पुछारमा (१ सय १० औं स्थानमा) छ ।

नेपालमा देखिएको पछिल्लो राजनीतिक अस्थिरताका कारण आउँदो वर्ष नेपालको स्थान अरू खस्कन सक्ने चिन्ता व्यक्त गरिएको छ । एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो मुलुक समृद्ध नहुँदासम्म व्यक्तिगत रूपमा जति धनी भए पनि इज्जत नहुने बताउँछन् ।


प्रकाशित : पुस २६, २०७७ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?