कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

उत्तर कोरियाद्वारा परमाणु विस्तार घोषणा

रासस

सियोल — अमेरिकी सत्तामा आउने फेरबदलले आफ्नो रणनीतिमा कुनै परिवर्तन नहुने उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले बताएका छन् ।

उत्तर कोरियाद्वारा परमाणु विस्तार घोषणा

सत्तारूढ वर्कर्स पार्टीको कंग्रेसलाई प्योङयाङमा सम्बोधन गर्ने क्रममा उनले उत्तर कोरियाले परमाणु हतियार र सैन्य क्षमता विस्तार गर्ने घोषणा गरे ।

अमेरिका आफ्नो सबैभन्दा ठूलो शत्रु रहेको उनले बताए । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सत्ता सम्हाल्ने दिन नजिकिँदै गर्दा नेता किमको टिप्पणी आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

अमेरिकी नयाँ प्रशासनमाथि दबाब बढाउनका लागि किमले यस्तो टिप्पणी गरेको विश्लेषकले बताएका छन् । बाइडेनले जनवरी २० मा अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा शपथ लिँदै छन् ।

नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कोरियाली प्रायदीपलाई आणविक रूपमा निःशस्त्रीकरण गर्ने विषयमा शिखर वार्ता भए पनि सम्बन्धमा सुधार भएको छैन ।

प्रकाशित : पुस २६, २०७७ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?