साउदी महिलाअधिकारकर्मीलाई ५ वर्ष जेल सजाय

एजेन्सी

रियाद — साउदी अरबको एक अदालतले एक जना महिला अधिकारकर्मीलाई जेल सजायको फैसला गरेको छ । चर्चित अधिकारकर्मी लौजैन अल हथलौललाई अदालतले सोमबार ५ वर्ष ८ महिनाको जेल सजाय तोकेको हो ।

साउदी महिलाअधिकारकर्मीलाई ५ वर्ष जेल सजाय

उनलाई आतंकवादसम्बन्धी अपराधमा संलग्न भएको आरोप लगाइएको स्थानीय सञ्चामाध्यमले जनाएका छन् । ती महिला अधिकारकर्मीले आतंकवादविरुद्धको कानुन उल्लंघन हुने गरी विभिन्न गतिविधिहरु गरेकी अधिकारीहरुको दाबी छ ।

विदेशी नागरिकहरुसँग मिलेर साउदी अरबविरुद्ध षड्यन्त्र रचेको आरोपमा उनलाई सन् २०१८ को मे महिनामा पक्राउ गरिएको थियो । सोमबार उनलाई ५ वर्ष ८ महिनाको जेल सजाय सुनाइए पनि उनले ३ वर्ष मात्रै जेलमा बस्नुपर्नेछ । अदालतले हथलौलले २ वर्ष १० महिना यसअघि नै जेलमा बसेकाले उक्त अवधि घटाएको छ ।  

प्रकाशित : पुस १४, २०७७ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?