१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

चीनमा चक्कु आक्रमणमा ७ जनाको मृत्यु

(एजेन्सी)

कैयुवान — चीनको उत्तरपूर्वी सहरको सडकमा आइतबार बिहान गरिएको चक्कु आक्रमणमा कम्तीमा ७ जनाको ज्यान गएको छ । आक्रमणमा ७ जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।

लिओनिङ प्रान्तको कैयुवान सहरमा भएको आक्रमण कुनै आतकंकारी समूहले गराएको हुन सक्ने सम्भावनालाई अधिकारीहरूले अस्वीकार गरेका छन् । कैयुवान सहरको एक रेस्टुरेन्टनजिक बिहान सवा ८ बजे चक्कु आक्रमण गरिएको हो ।

घटना व्यक्तिगत आवेगका कारण भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानपछि खुल्न आएको स्थानीय प्रहरीले बताएको छ । प्रहरीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।


प्रकाशित : पुस १२, २०७७ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?