पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना

सिन्ह्वा

इस्लामाबाद — पाकिस्तानी सेनाले आफ्ना एक हेलिकप्टर उत्तरी गिल्गिट बाल्टिस्तान क्षेत्रमा शनिबार दुर्घटनाग्रस्त भएको सेनाले जनाएको छ ।

दुर्घटनामा ४ जनाको मृत्यु भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मृत्यु हुनेहरुमा २ पाइलट र २ सैनिक छन् । हेलिकप्टर प्राविधिक गडबडीका कारण दुर्घटनाग्रस्त भएको जनाइएको छ । बाल्टिस्तान क्षेत्रमा गोली लागेर घाइते भएका एक सिपाहीको उद्धारका लागि खटिएको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो ।

स्थानीय एक स्रोतले बताए अनुसार निर्जन पहाडी इलाकामा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर पूर्णरूपमा नष्ट भएको बताइएको छ ।


प्रकाशित : पुस १२, २०७७ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्

चिनियाँ खोप निर्मातालाई ५० करोड डलर सरकारी अनुदान

सिन्ह्वा

बेइजिङ — चीनको औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेकलाई कोरोनाभाइरस विरुद्धको खोप उत्पादनमा सघाउन चीन सरकारले झण्डै ५० करोड अमेरिकी डलर थप अनुदान उपलब्ध गराएको छ ।

सरकारी विवरण अनुसार चीनले कोरोना भाइरसलाई नियन्त्रणमा लिइसकेको छ । हाल देशभर २८१ जना मात्र सक्रिय संक्रमित छन् ।

तर, चीनले खोप निर्माण गरी विश्वलाई नै सार्वजनिक वस्तुको रुपमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । कोरोनाभाइरस फैलाएको दोषबाट मुक्त हुन पनि चीनले खोपमा लगानी बढाएको विश्वास गरिएको छ ।

हङकङमा मेडिकल अनुसन्धान फर्मका रुपमा सूचीकृत सिनो बायो फर्मास्यूटिकल लिमिटेडले सोमबार एक विज्ञप्ती प्रकाशन गरी कोरोना भ्याकको विकास र उत्पादनका लागि कम्पनीले ५१ करोड ५० लाख लगानी गर्ने घोषणा गरेको छ । सिनोभ्याकको यो सर्वाधिक उच्चस्तरको खोप हो । चीनकै अग्रणी खोप निर्माता सिनो भ्याकले कोरोना भ्याकको विकास, क्षमता विस्तार र उत्पादनका लागि चीन सरकारबाट प्राप्त हुने रकम खर्च गरिने जनाएको छ ।

सिनोभ्याकले यसै वर्षको अन्त्यसम्ममा ६० करोड डोज कोरोनाभ्याक उत्पादन गर्न सक्षम हुने जनाएको छ । सम्झौता बमोजिम सिनो बायो फर्मास्यूटिकलले सिनोभ्याकमा १५ प्रतिशत शेयर प्राप्त गर्नेछ ।

चिनियाँ खोपलाई व्यापक वितरणका लागि नियामक निकायहरुबाट अनुमति प्राप्त गर्न बाँकी रहे पनि चीन सरकारले आपतकालीन प्रयोगका लागि यो खोपलाई स्वीकृति प्रदान गरिसकेको छ । जुलाई यता मात्र ठूलो संख्याका सरकारी कर्मचारीदेखि विदेशी विद्यार्थीहरुले यो खोप लगाइसकेका छन् ।

कोरोनाभ्याक खोप ब्राजिल समेतका धेरै देशमा परीक्षण भइरहेको छ । गत नोभेम्बरमा खोप दिइएका एक व्यक्तिमा स्वास्थ्य समस्या उत्पन्न भएपछि केही कठिनाइ व्यहोरेको सिनोभ्याकले तेस्रो तथा अन्तिम चरणको खोप परीक्षण पुनः शुरु गरिसकेको छ ।

चीनको अर्को भ्याक्सिन निर्माता सिनोफार्मले गत नोभेम्बरमा करिब १० लाख मानिसले आफ्नो खोप परीक्षणमा सहभागिता जनाएको बताएको थियो ।

गत साता खोप स्वीकृत गर्ने पश्चिमा मुलुकहरुमा बेलायत पहिलो राष्ट्र भइसकेको छ ।

प्रकाशित : मंसिर २२, २०७७ १६:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×