१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

रिपब्लिकन नेताले दिए बाइडेनलाई बधाई

एजेन्सी

एटलान्टा — अमेरिकाको माथिल्लो सदन सिनेटमा रिपब्लिकन दलका नेता मिच म्याककोनेलले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई बधाई दिएका छन् ।

रिपब्लिकन नेताले दिए बाइडेनलाई बधाई

रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटका नेता म्याककोनेलले राष्ट्रपति निर्वाचनको परिणाम स्वीकार गरेलगत्तै बाइडेन सिनेटमा डेमोक्रेटिक पार्टीको बहुमत जुटाउने अभियानमा लागेका छन् । सिनेटका दुई सदस्यका लागि जर्जिया राज्यमा जनवरी ५ मा चुनाव हुँदै छ ।

चुनावमा डेमोक्रेटिक पार्टीका एकमात्र उम्मेदवार विजयी भएको खण्डमा सिनेटमा रिपब्लिकन र डेमोक्रेटिक पार्टी दुवैको समान ५०/५० सिट हुनेछ । राष्ट्रपति चुनावमा जर्जिया राज्यमा बाइडेन विजयी भए पनि सिनेटका लागि उम्मेदवार रहेका डेमोक्रेटिक पार्टीका उम्मेदवारहरूले ५० प्रतिशत मत प्राप्त गर्न नसकेका कारण दोस्रो चरणको मतदान हुन लागेको हो ।

नवनिर्वाचित राष्ट्रपति बाइडेन चुनावी प्रचार र सभाहरूका लागि जर्जिया पुगिसकेका छन् । जर्जियामा डेमोक्रेटिक पार्टीका तर्फबाट जन ओस्सोफ र राफेल वार्नोक उम्मेदवार छन् । यसअघि जर्जियाका दुवै स्थानमा रिपब्लिकन पार्टीका उम्मेदवार विजयी भएका थिए ।‘जर्जियाका दुई उम्मेदवार हामीलाई दिनुहोस्, हामी सिनेटमा नियन्त्रण गर्न सक्षम हुनेछौं,’ बाइडनेले भनेका छन् । इलेक्टोरल कलेजले बाइडेन राष्ट्रपतिमा विजयी भएको घोषणा गरेलगत्तै सिनेटका लागि रिपब्लिकन र डेमोक्रेटिक पार्टीबीच तानातान सुरु भएको छ ।

चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो हार अझै स्वीकार गरेका छैनन् । तर सिनेटमा रिपब्लिकनका नेता मिच म्याककोनेलले राष्ट्रपति ट्रम्पलाई एक सन्देश पठाई अब चुनावी दौड समाप्त भएको बताएका जनाइएको छ ।

प्रकाशित : पुस २, २०७७ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?