१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

विपक्षीहरुलाई प्रदर्शन नगर्न पाकिस्तानी प्रधानमन्त्री इमरान खानको आग्रह

रासस, एएनआई 

इस्लामावाद — पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विपक्षीहरुले लाहोरमा निकाल्ने भनिएको जुलुस हालका लागि रोक्न आग्रह गरेका छन् । पाकिस्तानमा कोभिड १९ को असर अझै धेरै मात्रामा देखिएकोले देशमा ठूलो संख्यामा जुलुस निकाल्दा यसबाट कोभिडको संक्रमण बढ्ने भन्दै सो जुलुस ननिकाल्न भनेका हुन् ।

विपक्षीहरुलाई प्रदर्शन नगर्न पाकिस्तानी प्रधानमन्त्री इमरान खानको आग्रह

पाकिस्तानमा वर्तमान सरकारका विरुद्धमा आन्दोलन गर्न विभिन्न ११ वटा विपक्षी दलहरु लागेका छन् । उनीहरुले यही डिसेम्बर १३ मा पाकिस्तानको लाहोरमा विशाल जुलुस निकाल्ने तयारी गरेका छन् ।

यसअअघि देखि नै सरकारले सो नारा जुलुस र सरकारका विरुद्धमा हुने भनिएको विरोध प्रदर्शनको कामलाई रोक्नका लागि पटकपटक आग्रह गर्दै आएको यहाँका सञ्चारमाध्यमहरुले बताएका छन् ।

तर पनि विपक्षीहरुले नमानेपछि पाकिस्तानी प्रधानमन्त्री खानले बिहीबार यहाँका राजनीतिक दलहरुलाई सार्वजनिक रुपमा यो आग्रह गरेका हुन् । पाकिस्तानका अधिकारीहरुले यहाँको सरकारले हाल कोरोना भाइरसको दोस्रो वेभको कडा मात्रामा सामना गर्नु परिरहेको बताएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री खानले नै हालैमात्र सरकारले यहाँका अस्पतालका कम्तीमा पनि ६४ प्रतिशत अस्पतालका बेडहरु कोरोना भाइरसका बिरामीहरुलाई भनेर छुट्याइएकोमा अहिले ती सबै भरिएका र कोरोना भाइरसको दोस्रो वेभका कारण यहाँ निकै समस्या परेको बताएका छन् ।

अर्कातर्फ यहाँका विपक्षी राजनीतिक दलहरुले भने गएका केही महिनादेखि नै सरकारका विरुद्धमा आन्दोलनलाई जारी नै राखेका छन् । यसैले यहाँको सरकारले हालैका दिनहरुमा एकातर्फ कोरोनाको महामारी र अर्कातर्फ विपक्षी दलहरुका विरोध प्रदर्शन गरी दोहोरो समस्याको सामना गर्नु परिरहेको यहाँका अधिकारीहले जानकारी गराएइको बताइएको छ ।

प्रकाशित : मंसिर २६, २०७७ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?