‘अफगान शान्तिवार्ता भंग हुन सक्छ’

एजेन्सी

वासिङ्टन — अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अफगानिस्तानमा जारी हिंसात्मक घटनाले शान्तिवार्ता असफल हुने चिन्ता व्यक्त गरेका छन् ।

‘अफगान शान्तिवार्ता भंग हुन सक्छ’

अफगान सरकार र तालिबान समूहबीचको वार्ता चलिरहेका बेला अफगानिस्तानमा हिंसा हुन नहुने उनको भनाइ छ ।

पोम्पियोले दुई पक्षबीच शान्तिवार्ता जारी रहेका बेला ठूला प्रकृतिका हिंसात्मक घटनाहरू बढ्दा त्यसले वार्ता भंग हुन सक्ने बताएका हुन् ।

‘अफगानिस्तानको विषयमा कतारको दोहामा शान्ति वार्ता सुरु भएको छ । त्यसैले एकातर्फ शान्ति वार्ता गर्ने र अर्कातर्फ देशभित्र हिंसा पनि गर्ने काम गर्न मिल्दैन, यस्तै कसैले पनि गर्नु हुँदैन,’ पोम्पियोले भने ।

अफगान सरकार र तालिबानबीच सेप्टेम्बर १२ देखि कतारको राजधानी दोहामा शान्तिवार्ता जारी छ ।

प्रकाशित : मंसिर २१, २०७७ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?