कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

रुसमा अर्को सातादेखि कोरोना खोप प्रयोग गर्न पुटिनको निर्देशन

इकान्तिपुर डेस्क

काठमाडौँ — रुसी राष्ट्रपति भ्लादमिर पुटिनले अर्को सातादेखि कोरोना खोप प्रयोग गर्न निर्देशन दिएका छन् । 

रुसमा अर्को सातादेखि कोरोना खोप प्रयोग गर्न पुटिनको निर्देशन

रुसी मिडियाहरु रसिया टुडेस्पुटनिकले राष्ट्रपति पुटिनले बुधबार अर्को सातादेखि मास भ्याक्सिनेसन सुरु गर्न निर्देशन दिएको बताएका हुन् ।

पहिलो चरणमा स्वास्थ्य कर्मचारी र शिक्षकहरलाई खोप लगाइने रसिया टुडेले जनाएको छ ।

रुसको फर्मास्युटिकल उद्योगहरुले ठूलो संख्यामा खोप लगाउनका लागि तयारी अवस्था रहेको रुसी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रुसमा कोरोना विरुद्धको खोप निःशुल्क लगाइने बताइएको छ ।

गत अगस्टमा रुस कोरोना विरुद्धको खोप दर्ता गराउने पहिलो राष्ट्र बनेको थियो । उक्त खोपको नाम स्पुटनिक-५ दिइएको छ ।

बुधबार मात्रै बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोनाविरुद्धको खोपको आपत्कालीन प्रयोग अनुमति दिएको थियो ।

बेलायती नियमनकारी निकाय मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी(एमएचआरए) ले फाइजरको खोप सुरक्षित रहेको भन्दै प्रयोगको अनुमति दिएको हो ।

प्रकाशित : मंसिर १७, २०७७ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?