कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

जोर्जियाको पुन: मतगणनामा बाइडेन नै विजयी

इकान्तिपुर डेस्क

काठमाडौँ — जोर्जिया राज्यमा गरिएको पुन: मतगणनामा पनि जो बाइडेन विजयी भएको चुनाव अधिकारीले जनाएका छन् । जोर्जिया राज्यका सचिवद्वारा जारी विज्ञप्तिमा राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जितेको उल्लेख गरिएको छ ।

जोर्जियाको पुन: मतगणनामा बाइडेन नै विजयी

सीएनएका अनुसार बाइडेनलले ट्रम्पलाई १२ हजार २ सय ८४ भोटले जितेका हुन् । जोर्जियाका चुनाव अधिकारीहरुका अनुसार पुन: गरिएको मतगणनामा चुनावमा कुनै धाँधली भएको पाइएन । राष्ट्रपति ट्रम्पले जोर्जियामा व्यापक धाँधली भएको बताउँदै पुन: मतगणना गर्न माग गरेपछि झन्डै ५० लाख मत हातैले गनिएको थियो ।

सन् १९९२ पछि जोर्जियामा चुनाव जित्ने पहिलो डेमोक्रेटिक उम्मेदवार हुन् जो बाइडेन् । करिब तीन दशकलेखि रिपब्लिकन पार्टीको पकड रहँदै आएको जोर्जियामा डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनको जितलाई महत्वपूर्ण रुपमा हेरिएको छ । पछिल्लो पटक सन् १९९२ मा डेमोक्रेटिक पार्टीका तर्फबाट बिल क्लिन्टनले जोर्जियामा जितेका थिए ।

बाइडेनले कुल ३०६ इलेक्टोरल भोट पाएका छन् । जुन सन् २०१६ मा राष्ट्रपति ट्रम्पले पाएकै जति हो । ट्रम्पको पक्षमा कुल २३२ इलेक्टोरल भोट पर्नेछ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने चुनावमा धाँधली भएको आधारहीन आरोप लगाउँदै हार स्वीकार गरेका छैनन् ।

प्रकाशित : मंसिर ५, २०७७ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?