कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

फिलिपिन्समा आँधीबाट ६७ जनाको मृत्यु, १२ बेपत्ता

रासस/सिन्ह्‍वा

मनिला — फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको बताइएको छ । फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार भाम्को नामक आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

फिलिपिन्समा आँधीबाट ६७ जनाको मृत्यु, १२ बेपत्ता

यसै हप्ता आएको सो आँधीबाट अरु १२ जना हराइरहेका पनि बताइको छ । आँधीसँगै आएको बाढी र पहिरोका कारण ती १२ जना हराइरहेका सो प्रकोप व्यवस्थापन विभागले जनाएको छ ।

अधिकारीहरुले आँधीमा परी हराएका व्यक्तिको खोजी कार्य जारी रहेको बताएका छन् । त्यसैगरी यहाँ आँधीले पुर्‍याएको क्षतिलाई राहात र उद्धारको काम जारी रहेको बताएका छन् ।

प्रकाशित : मंसिर २, २०७७ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?