१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

पेरुका राष्ट्रपतिलाई लाग्यो महाअभियोग

एजेन्सी

लिमा — पेरुको संसद्ले राष्ट्रपति मार्टिन भिजकारालाई सन् २०१४ मा क्षेत्रीय प्रशासक रहेको समय घूस लिएको आरोपमा महाअभियोग लगाएको छ ।

पेरुका राष्ट्रपतिलाई लाग्यो महाअभियोग

करिब ८ घण्टा चलेको सुनुवाइपछि महाअभियोग प्रस्तावको पक्षमा १ सय ५ र विपक्षमा १९ मत परेको हो । महाभियोग प्रस्ताव पास हुन ८७ सदस्य आवश्यक भए पनि १ सय ५ मत परेको हो । त्यसैगरी संसद्ले गणतान्त्रिक पेरुको राष्ट्रपतिविरुद्धको महाअभियोग प्रस्ताव पारित भएपछि म्यानुएल मेरिनोलाई अन्तरिम राष्ट्रपतिको जिम्मेवारी दिइएको छ ।

शपथग्रहणपछि संसद्लाई सम्बोधन गर्दै पेरुका अन्तरिम राष्ट्रपति म्यानुएल मेरिनो तस्बिर : रोयटर्स

राष्ट्रपति कार्यालय छाड्नुपूर्व समर्थकबीच उभिएका भिजकाराले निर्णयविरुद्ध कानुनी बाटो नखोज्ने बताएका छन् । उनका समर्थकहरूले राजधानी लिमा र अन्य मुख्य सहरमा नाराबाजी गरेका थिए । ‘मैले दुई वर्ष आठ महिनापछि पद छाड्दै छु,’ उनले भने, ‘म स्पष्ट विवेकको साथ छोड्दै छु र मेरो कर्तव्य पूरा गरिसकें ।’

छोटो कार्यकालका क्रममा आफूले निकै लोकप्रियता पाएको उनको दाबी छ । पेरुमा सन् २०२१ को अप्रिलमा आमनिर्वाचनका साथै राष्ट्रपतीय चुनाव हुँदै छ ।

प्रकाशित : कार्तिक २६, २०७७ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?