२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २० हजार नाघ्‍यो

संक्रमितको संख्या ८० लाख नाघे
पीटीआई

नयाँदिल्ली — भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २० हजार नाघेको छ ।  कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २० हजार ५२७ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २० हजार नाघ्‍यो

कूल मृत्यु भएकामध्ये महाराष्ट्रका ४३ हजार ५५४, कर्नाटकका ११ हजार ४६, तमिलनाडूका ११ हजार १८, उत्तर प्रदेशका ६ हजार ९५८, आन्ध्र प्रदेशका ६ हजार ६४३, पश्चिम बंगालका ६ हजार ६६४, दिल्लीका ६ हजार ३९६, पञ्जाबका ४ हजार १५८ तथा गुजरातका ३ हजार ७०१ जना रहेका छन् ।

कूल मृत्यु भएका व्यक्तिमध्ये झण्डै ७० प्रतिशत व्यक्ति अन्य रोगबाट पीडित रहेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको भारतमा पछिल्लो पटक मृत्यु दरमा १.४९ प्रतिशतले कमी आएको छ ।

हालसम्म भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या ८० लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ८८१ जना नयाँ संक्रमित थपिएका छन् भने ५१७ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार कोभिड–१९ बाट संक्रमितमध्ये झण्डै ९१ प्रतिशत अर्थात् करिब ७३ लाख व्यक्ति संक्रमणमुक्त भएका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले कोरोनाभाइरस सक्रिय संक्रमित व्यक्तिको संख्या ६ लाख ४ हजारको हाराहारीमा रहेको जनाएको छ ।

परिषदका अनुसार देशव्यापी कोरोना परीक्षण संख्या १० करोड ६५ लाख रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु भएकाहरुमा महाराष्ट्रका ९१, पश्चिम बंगालका ६०, छत्तिसगढ र कर्नाटकका ५५–५५, दिल्लीका ४०, तमिलनाडूका ३५ तथा केरलाका २७ जना रहेका छन् ।

प्रकाशित : कार्तिक १३, २०७७ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?