१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

यौन दुर्व्यवहारको आरोपमा 'एक्सट्र्याक्सन' निर्माता डेभिड पक्राउ 

एजेन्सी

'एक्सट्र्याक्सन' र 'अटोमिक ब्लन्ड'का निर्माता डेभिड गिल्डलाई प्रहरीले पक्राउ गरेको छ । २१ वर्षीया युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई लस एन्जलस प्रहरीले पक्राउ गरेको हो ।

यौन दुर्व्यवहारको आरोपमा 'एक्सट्र्याक्सन' निर्माता डेभिड पक्राउ 

यसअघि बलात्कार तथा अन्य अपराधको आरोप लागेका गिल्डलाई बुधबार राति प्रहरीले पक्राउ गरेको 'हलिउड रिपोर्टर'ले उल्लेख गरेको छ ।

ती युवतीले आफूलाई 'मिटिङ'को क्रममा गिल्डले यौन दुर्व्यवहार गरेको बताएकी छन् । गिल्डमाथि बलात्कारलगायत अन्य ११ अपराधहरुको आरोप छ । यौन दुर्व्यवहारको आरोप लागेपछि सन् २०१७ मा उनले 'प्राइमरी वेभ'बाट राजीनामा दिएका थिए । उनलाई अभिनेत्री जेसिका बर्थले सन् २०१२ मा 'डिनर'का लागि भेट गर्न बोलाएर यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

प्रकाशित : कार्तिक १३, २०७७ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?