कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बिहारमा पहिलो चरणको निर्वाचन, ७१ पदका लागि १०६६ उम्मेदवार

पीटीआई

पटना — भारतको बिहारमा विधानसभाका लागि बुधबार पहिलो चरणको निर्वाचन भइरहेको छ । बिहारमा तीन चरणमा चुनाव हुँदैछ । 

बिहारमा पहिलो चरणको निर्वाचन, ७१ पदका लागि १०६६ उम्मेदवार

पहिलो चरणमा ७१ पदका लागि एक हजार ६६ जना उम्मेदवार चुनावी मैदानमा रहेको निर्वाचन आयोगले जनाएको छ । ती मध्ये ९५२ जना पुरुष र १५५ जना महिला रहेका छन् ।

बिहानैदेखि भइरहेको मतदानमा कोरोना भाइरसबाट जोगिन मतदाताहरुलाई आधारभूत मापदण्डहरु अपनाउन आह्वान गरिएको छ ।

बुधबार मतदान भइरहेको क्षेत्रमा कूल दुई करोड १४ लाख ८४ हजार ७८७ जना वैध मतदाता रहेका छन् । ती मध्ये पुरुष एक करोड १२ लाख ७६ हजार ३९६ जना र महिला एक करोड एक लाख २९ हजार १०१ रहेको आयोगले जनाएको छ ।

निर्वाचन सम्पन्‍न गराउन ७८ हजार ६९१ जना निर्वाचन कर्मचारी खटिएका छन् । बिहार राज्य अन्तर्गतका १६ जिल्लामा निर्वाचन भएको हो ।

मतदानका बेला अपनाउनु पर्ने मापदण्डका बारेमा निर्वाचन आयोगले निर्देशिका नै बनाएर जारी गरेको छ । भारतमा कोरोना भाइरसको महामारी चलिरहेकै बेला पहिलो पटक निर्वाचन भइरहेको हो ।


मापदण्डमा विद्युतीय मतदान यन्त्रलाई सेनिटाइज गर्नु पर्ने, सबैले मास्कको प्रयोग गर्नुपर्ने, प्रतिरक्षात्मक अन्य साधनहरुको प्रयोग गर्नुपर्ने, सेनिटाइजर, साबुन र पानी सबैलाई पर्याप्त उपलब्ध गराउनु पर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने लगायतका कुरा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उच्च सतर्कताका साथ मतदान कार्यमा सहभागी हुन सबैलाई अपिल गरेका छन् । मापदण्डहरु पूर्ण रुपमा पलना गर्न पनि उनले आग्रह गरेका छन् ।

प्रकाशित : कार्तिक १२, २०७७ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?