कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पेशावरकाे मस्जिदमा बम विस्फोट, कम्तीमा ७ को मृत्यु

मारिने अधिकांश बालबालिका
एजेन्सी

पेशावर — पाकिस्तानको पेशावर सहरस्थित एक मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

पेशावरकाे मस्जिदमा बम विस्फोट, कम्तीमा ७ को मृत्यु

मंगलबार स्थानीय समय अनुसार बिहान साढे ८ बजे धिर कोलनीस्थित मदरसामा विस्फोट हुँदा दर्जनौं घाइते भएका छन् । हालसम्म कुनै पनि समूहले उक्त घटनाको जिम्मेवार लिएका छैनन् । मारिने अधिकांश बालबालिकाहरु रहेको बताइएको छ ।

घाइतेहरुको संख्या ६० भन्दा बढी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । धेरै घाइतेहरुको अवस्था गम्भीर छ ।

पाकिस्तानका एआईजी साफक्वत मलिकले पाकिस्तानको एक्सप्रेस ट्रूयबिनलाई बताए अनुसार आत्मघाती बम हमलामा ५ केजीको विस्फोटक पदार्थको प्रयोग भएको बताएका छन् ।

पाख्तूनख्वाका प्रदेशका स्वास्थ्य एवं अर्थमन्त्री तमूर खान जाग्राले घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिने बताउँदै घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । उनले प्रारम्भीक अनुसन्धानले घटनामा विस्फोटक पदार्थहरुको प्रयोग भएको देखाएको पनि जनाएका छन् ।

प्रकाशित : कार्तिक ११, २०७७ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?