१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन हीको निधन

एजेन्सी

सोल — दक्षिण कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्स अध्यक्ष ली कुन हीको आइतबार निधन भएको छ । उनी ७८ वर्षका थिए ।

सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन हीको निधन

सामसुङले एउटा वक्तव्य जारी गर्दै अध्यक्ष लीको मृत्यु भएको जानकारी दिएको हो । ली लामो समयदेखि बिरामी थिए । उनी केही वर्षदेखि अस्पतालमा उपचाररत थिए । ६ वर्षअघि हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको अनुपस्थितिमा उनका छोरा ली जेई योङले कम्पनीको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

सन् १९४२ मा जन्मिएका लीले आफना बुवाको स्थानीय स्तरको व्यवसायलाई बढाउँदै विश्वकै प्रतिष्ठित व्यावसायिक प्रतिष्ठान बनाउन सफल भएका थिए ।

बुवा ली ब्युङ चुलको चाउचाउको व्यापारलाई विस्तार गर्दै ली कुन हीले इलेक्ट्रोनिक्स सामानको समेत उत्पादन गर्दै सामसुङलाई विश्वव्यापी बनाएका थिए । अहिले सामसुङ स्मार्टफोन, टेलिभिजन र मेमोरी चिप निर्माणमा विश्वकै अग्रणी कम्पनी बनेको छ ।

सन् २००५ मा टाइम म्यागजिनले लीलाई विश्वकै सय जना प्रभावशाली व्यक्तिको सूचीमा राखेको थियो । लीका एक छोरा र दुई छोरी रहेका छन् ।

प्रकाशित : कार्तिक ९, २०७७ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?